सुरक्षीत गर्भपतन सम्बन्धी अनतरक्रियात्म कार्यक्रम गन्यापधुरा गाउँपालीकामा सम्पन्न

SITENAME

रेडियो सुदुरआवाज डडेल्धुरा
डडेल्धुरा, बैशाख २४ – सुरक्षीत गर्भपतन सम्बन्धि गन्यापधुरा गाउँकार्यपालीकाका पदाधीकारी सँग अन्तरक्रीयात्मक कार्यक्रम आईतबार गन्यापधुरा गाउँकार्यपालीकामा एक कार्यक्रमका  बिच सम्पन्न भएको छ ।
सुरक्षीत गर्भपतन सम्बन्धि अन्तरक्रीयात्मक कार्यक्रममा सुरक्षीत गर्भपतनको महत्व, सुरक्षीत गर्भपतनका आवश्यकताका साथै आईपास नेपाल एम.पी.डी.एस. को सहयोग बारे कार्यपालीकाका पदाधीकारी सँग छलफल गरिएको थियो ।

गाउँपालीकाका प्रमुख नबल मल्लको अध्यक्षतामा गरिएको उक्त कार्यक्रम  गाउँपालीकाका स्वास्थ्य सँयोजक केसर सिह बोहराले सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रमको सहजीकरण आईपास नेपालका जिल्ला सँयोजक असोक रावल र एम.पी.डी.एस.का कार्यक्रम अधिकृत हिरा ऐरले गर्नु भएको थियो ।

कार्यक्रम असुरक्षीत गर्भपतनबाट हुने महिला तथा किशोरीहरुको मृत्यु लाई घटाउने तथा अपाङ्गग हुन बाट बचाउँने उद्देश्यले सञ्चालनमा रहेको छ ।
कार्यक्रममा गन्यापधुरा गाउँपालीकाका अध्यक्ष तथा सहभागी बाट स्वास्थ्य सँयोजक समिति बनाई सुरक्षीत गर्भपतन सेवा सम्बन्धी आवश्यक पर्ने सम्पूर्ण क्रियाकलाप सम्बन्धी स्वास्थ्य संस्थाहरुको छलफल बाट योजना तयारपारि आगामी आर्थिक वर्षको लागि गाउँसभाबाट स्वकृत गर्ने पनि प्रतिबद्धता सहित निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बडा दसैँको मुख्य दिन आजदेखि सुरु ; आज घरघरमा फूलपाती भित्र्याइँदै

रेडियो सुदूर आवाज असोज ३०, २०७५  - काठमाडौं बडा दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन

SITENAME

विश्वकर्मा पूजा आज

रेडियो सुदूर आवाज  असोज १, २०७५ सोमवार, डडेल्धुरा –  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं- मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन