विकास निर्माणमा राजनिती नगर्न गाउपालिका अध्यक्ष मल्लको अनुरोध

SITENAME

रेडियो सुदूर आवाज


धनबहादुर भण्डारी 
माघ २७, २०७५ डडेल्धुरा – सबै विकासका काम सम्पुर्ण जनताका लागि समान भएको भन्दै गन्यापधुरा गाउपालिकाका अध्यक्ष नवलबहादुर मल्लले विकास निर्माणलाई राजनितीकरण नगर्न  अनुरोध गरेका छन् ।  
वसन्त पञ्चमीको अवसर पारेर नवआगुन्तुक विधार्थीहरुलाई स्वागत तथा शुभकामना कार्यक्रममा वोल्दै अध्यक्ष मल्लले उक्त कुरा वताउनु भयो । विकास निर्माणका कार्यहरुमा राजनिती जोडेर अवरोध गर्नु भन्दा हातेमालो गरि विकास निर्माण गर्नमा जुट्न अध्यक्ष मल्लले आग्रह गरेका छन् ।
आईतवार सरस्वती माध्यमिक विध्यालय भात्काडाले कृषिधार तर्फका विधार्थीलाई स्वागत गर्न राखेको कार्यक्रममा विध्यालय , खानेपानी सडक वाटोघाटो निर्माण जस्ता विकास निर्माणका कार्यहरु सवैले मिलेर मात्र सफल हुने भन्दै विकासका लागि तेरोमेरो भन्दा पनि सामुहिक प्रतिवद्ध भएर लाग्नु पर्ने मा अध्यक्ष मल्लले जोड दिएका छन् ।
चुनावका समयमा आफुले घोषणा पत्रमा उल्लेख गरे अनुसार एकवडा एक प्रविधिक विध्यालय अनुसार वडा नं १ को भात्काडामा कृषिधार तर्फ आईसि एजि र पिजेटिएको पढाई सुचारु गर्न सफल भएका जनाएका छन् । अन्य वडामा पनि चाडैं अरु समुहतर्फ वनप्रविधिक र स्वास्थ्य तिरका शिक्षाका लागि पहल गर्ने अध्यक्ष मल्लले दावी गरेका छन् । 
गन्यापधुराले पहिलो पटक कृषिधार का विषयहरुमा पढाई सुचारु गरि शिक्षामा एक खुट्किलो माथि उक्लेको उनले वताउनु भयो । तत्काल गाउपालिकाले धेरै गर्न नसकेपनि दुईकोठे भवन निर्माणका लागि गाउपालिकामा छलफल गरि वजेट छुट्याउने र प्रदेश सरकारलाई चारकोठे भवन निर्माणका लागि पहल र अनुरोध गर्ने गाउपालिका अध्यक्ष मल्लले जनाउनु भयो । त्यसका लागि सवैको सहयोग आवश्यक पर्ने समेत उनले जोड दिएका छन् । 
गन्यापधुरा विकासनिर्माणका गतिविधीमा अग्रस्थनमा रहेको जनाउदै अध्यक्ष मल्लले खानेपानी र समृद्धिका लागि प्रविधिक शिक्षा ल्याउनमा जोड दिने जनाएका छन् । राज्यमा रहेका ७ शय ५३ गाउपालिका मद्ये आफ्नो गाउपालिका वजेटका तवरले सवै भन्दा पछाडी रहेका कारण सवै क्षेत्रमा भने अनुसारको विकास हुन नसकेको उनले जानकारी गराउनु भयो । जेजती गाउपालिका  सित स्रोत छ त्यस अनुरुप विकासका कामहरु द्रुतगतीमा सचांलनमा रहेका गन्यापधुराका आर्थिक सल्लाहाकार तिलक हमालले मन्तव्यका क्रममा वताउनु भयो । 
गन्यपधुरालाई समृद्ध गन्यपधुरा र विकास निर्माण र प्रविधी सगं जोड्रनका लागि स्थानिय सर्वसधारण राजनितिग्य शिक्षक वुद्धिजिवी र सरोकारवाला सवैले लाग्नु पर्ने जनप्रतिनिधीहरु वताउछन् । 
सडकवाटो निर्माण सगै काम गर्ने कृषकहरुका लागि कृषि उपज उत्पादनमा अनुदान लगानी गरि वेरोजगारी समश्या समेत समाधान भई रहेको गाउपालिकाले जनाएको छ ।
गन्यापधुरा गाउपालिकाको सरश्वती माविमा पहिलो वर्षका लागि कृषि प्रविधिकधार आईएस्सी एजि र पिजेटिएमा ४०–४० जना विधार्थी भर्ना गरिएका विध्यालयका प्रधानाध्यापक तुलबहादुर रानाले वताउनु भयो ।  सरश्वती माविमा अध्ययन गर्न टाढाका वालवािलकाहरु पनि पढ्न आएकाले उनिहरुलाई वस्नका लागि समश्या भएको दर्शाउदै चाडैं छात्रवासको निर्माणका लागि पहल गरिदिनु पर्ने विध्यालयले जनाएको छ ।
वसन्त पञ्चमीको अवसर पारेर नवआगुन्तुक विधार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिती गाउपालिका अध्यक्ष मल्ल र वडा अध्यक्ष र अन्य जनप्रतिनिधीले समेत टिका र अविर लगाएर स्वागत गरेको विध्यालय व्यवस्थापन समितीले जनाएको छ । 
विध्यालयलाई भौतिक र  आर्थिक समश्या रहेको कुरा शिक्षकले जनाएका छन् । तर पनि स्थानियस्तरमा कृषि विध्यालय खुल्नु सवैका लागी खुसीको कुरा रहेको अभिभावकहरु वताउछन् । जिल्लामा सरकारी तवरवाट सम्वद्धन प्रप्त यो दोस्रो विध्यालय हो । यस भन्दा आगाडी अजयमेरु गाउपालिकाको वडा नं १ मा रहेको वालकल्याण मावि पुईलेकमा कृषिविषयमा कक्षा ९ देखि नै पढाइ भईरहेको छ । 

 
 

प्रतिकृया दिनुहोस
SITENAME

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

रेडियो सुदूर आवाज  माघ २७, २०७५ आइतबार डडेल्धुरा – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको

SITENAME

शैक्षिक गुणस्तर बृद्धिमा अग्रसर बन्दै अमरगढी नगरपालिका 

पुष्कर भण्डारी माघ २६, शनिबार २०७५ डडेल्धुरा- शिक्षाको गुणस्तर बृद्धिका लागी अमरगढी नगरपालिकाले शैक्षिक गतिबिधी लाई तिब्रता दिएको छ । शैक्षिक

SITENAME

चट्याङ लागेर दुईको मृत्यु, चार घाइते

रेडियो सुदूर आवाज माघ २५ शुक्रबार, २०७५ डडेल्धुरा- चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । अरु चार घाइते भएका छन । फरक फरक स्थानमा चट्याङ लागेर