चट्याङ लागेर दुईको मृत्यु, चार घाइते

SITENAME

रेडियो सुदूर आवाज
माघ २५ शुक्रबार, २०७५

डडेल्धुरा- चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । अरु चार घाइते भएका छन । फरक फरक स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । चट्याङ लागेर भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।


शुक्रबार बिहान २ः३० बजे सुति रहेको बेला परेको चट्याङ लागेर सरस्वतीको घटनास्थलमै मृत्यु भएकोे प्रहरी नायव उपरिक्षक डम्बर बहादुर केसीले बताए ।  शुक्रबार नै बिहा ४ बजेको समयमा परेको चट्याङ लागी अमरगढी नगरपालिका–३ रजोडामा सुतिरहेकै बेला  बझाङका गोगन दौल्यालको पनि घटनास्थलमै मृत्यु भएको हो उनले बताए । 
मजदुरी गर्न डडेल्धुरा आएका दौल्यालको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतेका बेला चट्याङ लागी ज्यान गएको प्रहरीले जनायो । 


चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन । घाइते हुनेमा १५ बर्षीय देवेन्द्र नाथ, ८ बर्षीय खगेन्द्र नाथ, १४ बर्षीया कल्पना नाथ र १२ बर्षीया शान्ति नाथ रहेका छन । उपचारका लागि घाइते चारै जना लाई उपक्षेत्रीय अस्पताल ल्याईएको छ । घाइतेहरुको अवस्था समान्य छ । चट्याङ लगेर दशरथ नाथकै एक दुहुनो गाई र एक हल गोरु समेत मरेका छन ।

प्रतिकृया दिनुहोस
SITENAME

विकास निर्माणमा राजनिती नगर्न गाउपालिका अध्यक्ष मल्लको अनुरोध

रेडियो सुदूर आवाज धनबहादुर भण्डारी  माघ २७, २०७५ डडेल्धुरा – सबै विकासका काम सम्पुर्ण जनताका लागि समान भएको भन्दै गन्यापधुरा गाउपालिकाका

SITENAME

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

रेडियो सुदूर आवाज  माघ २७, २०७५ आइतबार डडेल्धुरा – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको

SITENAME

शैक्षिक गुणस्तर बृद्धिमा अग्रसर बन्दै अमरगढी नगरपालिका 

पुष्कर भण्डारी माघ २६, शनिबार २०७५ डडेल्धुरा- शिक्षाको गुणस्तर बृद्धिका लागी अमरगढी नगरपालिकाले शैक्षिक गतिबिधी लाई तिब्रता दिएको छ । शैक्षिक