रानिले दाईजोमा ल्याएका घटाल देवता, धार्मिक शक्ति र मनमोहक

SITENAME

पुष्कर भण्डारी
शनिबार माघ १९, २०७५

डडेल्धुरा- डडेल्धुरा पुग्ने हिन्दु धर्मावलम्बिहरुका लागी घटालथान आस्थाको धरोहरका रुपमा रहेको छ भने अरुहरु लाई मनमोहक दृष्यावलोकन ऐतिहांसिक अध्ययनका रुपमा रहेको छ  । अमरगढी नगरपालिका वडा नं ३ डोटी क्षेत्रमा रहेको घटालथान बाबा मन्दिर बुढिघटालका नामले पनि प्रशिद्ध यस क्षेत्रको मुख्य धार्मिक शक्ति पिठका रुपमा लिईन्छ । 


सदरमुकाम बागबजार देखि पश्चिम दक्षिण तर्फ पाँच किलो मिटरको दुरीमा रहेको घटालथान सम्म सडक कालो पत्रे भए संगै आन्तरिक तथा डडेल्धुरा पुग्ने जो कसैले पनि त्यहा सम्म पुग्न सजिलो भएको छ । सदरमुकाम नजिकै रहेकाले धार्मिक शक्तिपिठको पुजा आजा अवलोकनका लागी घटालथान एक मुख्य गन्तव्यका रुपमा रहेको छ ।