नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराको तेस्रो जिल्ला अधिवेसन सम्पन्न ; जिल्ला नेतृत्व सर्वसम्मत

SITENAME

रेडियो सुदुर आवाज डडेल्धुरा
चैत,१४ डडेल्धुरा – नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराको तेस्रो जिल्ला अधिवेसन आज सदरमुकाममा सम्पन्न भएको छ । नेपाल टे«ड युनियन काँग्रेस डडेल्धुराको तेस्रो जिल्ला अधिवेसनमा प्रमुख अथिती ७ नं प्रदेशका सासंद तथा नेपाली काग्रेंसका जिल्ला सभापती कर्णबहादुर मल्ल, त्यस्तै विशिष्ठ अथितीमा प्रदेश सासंद गोविन्दराज वोहरा रहेका थिए ।
नेपाल टे«ड युनियनको जिल्ला कार्यसमितीको निर्वाचन पनि गरिएको छ । अधिबेसनबाट निर्वतमान जिल्ला सचिव टेक राज पाण्डेय जिल्ला अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका छन ।
सर्वसम्मत जिल्ला समितीमा  खुल्ला सार्वजनिक तर्फवाट चेतराज भटट ,महिला उपाध्यक्ष नेपाल ब्यूटिसियनका तर्फवाट सिता खड्का ,बिक्तिय संस्थाका तर्फवाट पुर्णा नन्द पाठक , अनौपचारिक उपाध्यक्षमा  मोहन सिह धामी, जिल्ला सचिवमा नेपाल शिक्षक संघका र्निमला बिष्ट (बोगटी), सह सचिवमा स्वास्थ्यकर्मी संघवाट मदन सिह भाट र मजदुर यातायातका वाट पुष्पराज जोशी, कोषध्यक्षमा तिलक हमाल , सह कोषाध्यक्षमा वन्दना वम निर्वाचित भएका छन ।
खुल्ला सदश्यहरुमा राजेन्द्र जैरु , राजेन्द्र सिहं साउद , धिरेन्द्र ठकुराठी ,प्रकाश केसी , विष्नु थापामगर र महिला सदश्यहरुमा   सरस्वती महता , पार्वती जैरु , देवकी भट्ट , विष्ना गैराल सर्वसम्मत मनोनियत भएका छन । त्यसै गरि केन्द्रिय महाअधिवेसन प्रतिनिधीमा , निवर्तमान अध्यक्ष हेमराज ओझा र स्वास्थ्यर्मी सघंका  निवर्तमान अध्यक्ष प्रेमबहादुर महर मनोनित भएका छन । भने प्रदेश प्रतिनिधीमा चक्रबहादुर महर , अरुण जोशी , पुस्कर दत्त पनेरु , धनबहादुर भण्डारी र प्रकाश ठाकुरा निर्वाति भएको मुख्य निर्वाचन अधिकृत रोहित देउवाले जानकारी दिएका छन् ।
नेपाल टे«ड युनियनको जिल्ला कार्यसमिती १९ सदस्यिय रहन्छ, भने, २ जना केन्द्रीय प्रतिनिधि र  ५ जना प्रदेश प्रतिनिधीमा चयन भएका छन् ।– रेडियो सुदुरआवाज९५ मेगाहर्ज

प्रतिकृया दिनुहोस
SITENAME

स्थानीय तहमा सरकार आए सँगै समबृद्धिको विकास खोज्दै डोटीको पुर्वीचौकी गाउँपालीका

रेडियो सुदुर आवाज डडेल्धुरा दिपेन्द्र अबस्थी जेष्ठ १०, डोटी – देशमा स्थानीय सरकार आएको करिब एक बर्ष हुनै लाग्दा सरकारका काम कारबाहिका बारे हरेक

सायल गाउँपलीकाका जनप्रतिनिधीहरु नै आक्रोसीत

रेडियो सुदुर आवाज डडेल्धुरा जेष्ठ १,डोटी – डोटी जिल्लाको सदरमुकाम बाट कोषौ टाढा रहेको दुर्गम सायल गाउँपलीकालाई सरकारले वेवास्ता गर्दै सुगम

SITENAME

गैसस महासंघ नेपाल प्रदेश नं ७ को प्रथम अधिवेशन सम्पन्न

रेडियो सुदुर आवाज ९५ मेघाहर्ज डडेल्धुरा बैशाख २६, डडेल्धुरा – ७ नं प्रदेशमा रहेको गैर सरकारी संस्था महासंघ नेपालको प्रथम अधिवेशन बैशाख २४ र २५ गते