रहेन्न नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका संस्थापन समयका नेता अवस्थी

SITENAME

रेडियो सुदूर आवाज
दिपेन्द्र अवस्थी 
माघ १५,२०७५ मंगलबार डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराको संस्थापनकालीन समयका नेता भवानी दत्त अवस्थीको यहि माघ १३ गतेका दिन ८० बर्षको उमेरमा निधन भएको छ ।

बिस २०४६ सालपुर्व नेकपा मानन्धर समुहमा आबद्द हुदै राजनितिमा प्रबेशगरेका अवस्थी २०४६ साल देखि निरन्तर कम्युनिष्ट आन्दोलनको जिल्ला नेतृत्वमा सक्रिय रहेका थिए । उनलाई अन्तीम श्रदाञ्जली दिन नेकपाका केन्द्रीय तथा जिल्ला नेताहरु उपस्थित भएका थिए । अवस्थी लाई पार्टीको झण्डा ओढाई अन्तीम श्रद्धाञ्जली दिईएको थियो ।

Image may contain: 3 people

तस्विर – नेकपाका संस्थापनकालीन समयका नेता भवानी दत्त अवस्थी लाई अन्तीम श्रद्धाञ्जली दिदै 

उनलाई अन्तीम पटक श्रद्धाञ्जली दिंदै नेकपाका जिल्ला नेता एवम पुर्व एमाले उपाध्यक्ष बिरेन्द्र बस्नेतले पार्टिका एक योद्धा लाई गुमाएकोमा दुख व्यक्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्र्टीका प्रदेश कमिटी सदस्य गजेन्द्र शाहिले पार्टीले एक होनहार नेता लाई गुमाएकोमा दुख व्यक्त गर्दै अन्तीम पटकको श्रद्धाञ्जली व्यक्त गरेका छन ।

नेकपाका अर्का प्रदेश कमिटी सदस्य यज्ञ राज अवस्थीले पार्र्टी र संगठन लाई मजबुद बनाउन निरन्तर प्रयासरत एक शाहसिक नेता गुमाएकोमा दुख व्यक्त गरेका छन । 


Image may contain: 1 person, hat, indoor and closeup

तस्विर – रहेनन कान्छा मुखिया भबानी दत्त अवस्थी

 

राजनैकी बृतः
बिस २०४६ सालपुर्व तत्कालीन नेकपा मानन्धर समुह बाट कम्युनिस्टको आन्दोलन सुरु गरेका उनी बिस २०४६/०४७ साल यता डडेल्धुरामा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी एमाले बाट कम्युनिष्ट आन्दोलनमा सक्रिय भए ।

तत्कालीन समयमा कम्युनिष्ट पार्टी फुटदा माधब कुमार नेपाल नेतृत्वको नेकपा एमाले र बामदेब गौतम नेतृत्वको नेकपा माले गठन भयो । उनी गठितनेकपा मालेमा प्रबेश गर्दे पुनः केन्द्रीयस्थरमा दुबै कम्युनिष्ट पार्टीको एकता पछि गठित नेपका एमालेमा प्रबेश गरे ।

बिस २०५४ सालको स्थानीय निर्बाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट उनलाई चुनाब लडन पार्टीले टिकट दिए पनि उनी ७ मतको झिनो अन्तरले आफ्नै भतिजा नेपाली काँगे्रसका नेता हरि प्रसाद अवस्थी संग हारेका थिए । कुनैपनि बिषयलाई कडारुपले प्रतिबाद गर्ने दृढ र अटुट शाहस राख्ने अवस्थी लाई निडरनेताका रुपले लिईन्थ्यो । पारिवारीक रुपले २ वटा सन्तानका रुपले उनका छोराहरु छन । सामाजीक रुपले उनलाई कान्छा मुखिया भनेर पनि धेरैले चिन्ने गरेका थिए । 

प्रतिकृया दिनुहोस
SITENAME

राजीनामा दिए नेविसंघ अध्यक्ष नैनसिंह महरले

रेडियो सुदूर आवाज माघ २८, २०७५  सोमबार – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ ।  नेविसंघको महाधिवेशन हुन

SITENAME

कतारमा नेपाली कांग्रेस सुदूरपश्चिम जनसम्पर्क समिति 

रेडियो सुदुर अवाज न्युज डेस्क  माघ १२, २०७५ शनिबार कतारमा रहेका सुदूरपश्चिमेली कांग्रेस समर्थकहरुले जनसम्पर्क समिति गठन गरेका छन् । जनसम्पर्क

SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक