कुपोषणमा कमी आउन सकेन

SITENAME


रेडियो सुदूरआवाज
सोमबार माघ १४, २०७५

डडेल्धुरा- डडेल्धुरामा कुपोषणमा कमि आउन सकेको छैन । पोषणका क्षत्रेमा सरकार तथा गैर सरकारी संघ संस्थानिकायहरुदले काम गर्दै आए पनि कमि आउन नसकेको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार कुपोषणको अवस्था राष्ट्रिय तथ्यांकको अनुपातमा देखिएको छ । देशभरको तथ्यांक अनुसार डडेल्धुरामा पनि प्रत्येक बर्ष झण्डै ५ प्रतिशत बालवालिकामा कुपोषण देखिने गरेको स्वास्थ्य कार्यालयका पोषण स्रोत व्यक्ति प्रेम ऐरले बताए । 
सोमबार महिला तथा बालवालिकाहरुको पोषण सुधारका लागी समुदायमा संकलित तथ्यांकहरुको नतिजा आदनप्रदान कार्यक्रममा पोषण स्रोत व्यक्ति ऐरले प्रश्तुत गरेको तथ्यांक अनुसार यो बर्षको पुष मसान्त सम्म झण्डै ४ प्रतिशत बालवालिकामा कुपोषण देखिएको छ । 


डडेल्धुरामा उप क्ष्ोत्रिय अस्पताल र ईलाका अस्पताल गरी दुई वटा सरकारी अस्पताल, २४ वटा स्वास्थ्यचौकी, नगरक्लिनिक ४ वटा, कम्युनिटी हेल्थ क्लिनिक २ वटा रहेको छ भने महिनाको १ पटक समुदायमा नै पुगेर स्वास्थ्य कार्मीले स्वास्थ्य सेवा बारे जानकारी दिने गरेका आधारमा गरिएको सर्वेक्षणले कुपोषित बालवालिकाको अवस्थाका बारेमा जानकारी प्राप्त गरेको उनले बताए । 
डडेल्धुराको महिला जनसंख्या १५ देखि ४९ बर्ष समुहमा कुल ४५ हजार ७ सय ४५ छ । जस मध्ये बिवाहित महिलाको संख्या ३४ हजार ६ सय ७५ छ । प्रत्येक बर्ष गर्भवती हुने महिलाको अनुमानित संख्या ४ हजार १ सय ५८ छ । 
एक जना चिकित्सकले ११ हजार १० जना लाई स्वास्थ्य उपचार दिई रहेका छन । एक जना नर्सले १ हजार ७ सय ३२ छ । भने हेल्थ असिस्टेन्स एक जना बराबर १ हजार ६ सय लाई स्वास्थ्य उपार जानकारी दिईरहेको उनले बताए । स्वास्थ्य सेवा र पहिुचमा बुद्धि भए पनि कुपोषणमा कमि आउन नसकेको ऐर बताउछन । 
सन २०१६ देखि २०२१ सम्मका लागी डडेल्धुरामा पनि सञ्चालन भएको सु आहाराले शिक्षा, चेतनाको बृद्धि हुदै गए पछि स्वस्थ्यकर खाना र स्वास्थ्य  चेकजाँचमा स्थानियको पहुच बढ्दै गएको सु आहाराले जनाएको छ । सु आहाराका डडेल्धुरा संयोजक अभिम अर्यालका अनुसार रेडियो कार्यक्रम, शन्देश, ग्रामिण वस्तिमा हरेक बार खाना चार लगायत पोषित वस्तु बारे जानकारी दिन थालिए पछि पोषणका क्षेत्रमा क्रमिक सुधार आएको छ ।