उप क्षेत्रिय अस्पतालमा ९३ जना कुष्ठ रोगीको उपचार

SITENAME


कञ्चन थापामगर
माघ १३, आईतबार २०७५

डडेल्धुरा- नेपाल सरकारले सन २०१० मा कुष्ठ रोग निवारण भएको घोषणा गरे पनि प्रत्येक बर्ष कुष्ठ रोगका नँया विरामी भने देखिने गरेका छन । डडेल्धुरामा मात्रै प्रत्येक बर्ष ३–४ जनामा कुष्ठ रोग देखिने गरेको छ । यस बर्षको पुस महिना सम्ममा डडेल्धुरामा मात्रै ३ जनामा कुष्ठ रोग देखा परेको उप क्षेत्रिय अस्पताल डडेल्धुराले जनाएको छ । 


चालु बर्षको पुस महिना सम्म उपक्षेत्रिय अस्पतालमा १२ जना नँया कुष्ठ रोगका विरामी भेटिएका छन । गत बर्ष भने जम्मा १८ जना नँया कुष्ठ रोगका विरामीको उपचार गरिएको थियो । दामियन फाउण्डेसन बेल्जियम नेपाल अन्तर्गत उपक्षेत्रिय अस्पतालमा टिभि ल्याप्रोसी सुपरभाईजर तारा दत्त पन्तका अनुसार प्रत्येक बर्ष कुष्ठ रोगका नँया विरामी देखिने गरेका छन । 


२०७० सालमा स्थापित उप क्षेत्रिय अस्पतालमा ६ बर्षको अन्तरालमा ९३ जना कुष्ठ रोगका विरामी भेटिएका छन । अहिले सम्म अस्पताल पुगेका सबै जनाको उपचार भई सकेको छ । 


विगतका बर्षको तुलनमा बिरामीको सख्या घटेको भए पनि नेपाल सरकारले घोषणा गरेको कुष्ठ रोग भने निवारण भएको छैन । उनले भने, नँया विरामी पनि आउने गरेका छन । तर पहिले र अहिलेको तुलनामा शरिरका अंग अंगभंग भए पछि अस्पताल पुग्ने क्रम भने रोकिएको छ । लक्षणहरु देखा पर्ने बेला अस्पताल आउदा प्रत्येक बर्ष १८–२० को संख्यामा कुष्ठ रोग देखिने गरेको छ । कतिपयको यँहा नै हामिले उपचार ग¥यौ भने कतिपय लाई बिषेशज्ञ सेवा आवश्यक पर्ने भएकाले रेफर पनि ग¥यौ । 


२०/३० बर्ष पहिला सुदूरपश्चिममा पहिलो पटक पोखारामा टिम अस्पतालले कुष्ठ रोगको उपचार थाल्दा सयौको सख्ंयामा शरिरका अंग अंग भंग भए पछि अस्पताल पुग्ने अवस्था भने रोकिएको छ । शिक्षा संगै उपचारमा पहुच भएकाले विरामीहरु चाँडो अस्पताल पुग्ने गरेको उनि बताउछन । 


कुष्ठ रोग लाई अझै पनि कतिपयले वंसाणुगत रोग, पापका रुपमा लिने गरेका छन । उनले भने, तर यो सत्य होईन यो रोग छिट्टै नसर्ने रोग हो भने उपचार गरे पुर्ण रुपमा निको हुने रोग हो । यसमा पनि हामिले जन चेतानाका लागी शन्देश दिने गरेका छौ । 


गत बर्षको तथ्यांक हेर्दा यस बर्ष कुष्ठ रोगका विरामी दलोब्बर देखिने गरेका छन । यस बर्षको पुस सम्ममा १२ जनामा संक्रमण देखिएकाले बढ्ने शंग गरिन्छ । तर टिभि ल्याप्रोसी सुपर भाईजर पन्त भन्छन, कुनै महिना ५ जनामा पनि कुष्ठ रोगको संक्रमण देखिएको छ भने कुनै महिना नदेखिएको पनि छ । गत बर्ष संग तुलना गर्न अलि गह््रयो नै हुन्छ । 
गत बर्ष १८ जनामा कुष्ठ रोगको संक्रमण देखिए पछि उप क्षेत्रिय अस्पतालमा उपचार सम्भव नभए पछि बिषेशज्ञ चिकित्सकिय उपचार आवश्यक परेकाले ८ जना लाई अन्यत्र रेफर गरेका थियौ, पन्तले भने, यस बर्ष पुस सम्ममा देखिएका बिरामीहरु मध्यय पनि ३ जना लाई उपचारका लागी अन्यत्र पठाई सकेका छौ । 


उप क्षेत्रिय अस्पताल डडेल्धुरामा डडेल्धुरा लगायत बाजुरा, अछाम, दार्चुला, बझांग, बैतडी, डोटी बाट उपचार गराउन आउने गरेका छन । सुदूरपश्चिमका सात वटै पहाडी बर्ष २–३ जनाको संख्यामा कुष्ठ रोग देखिने गरेको सुपरभाईजर पन्तले बताए । 
 

प्रतिकृया दिनुहोस
SITENAME

कुपोषणमा कमी आउन सकेन

रेडियो सुदूरआवाज सोमबार माघ १४, २०७५ डडेल्धुरा- डडेल्धुरामा कुपोषणमा कमि आउन सकेको छैन । पोषणका क्षत्रेमा सरकार तथा गैर सरकारी संघ

SITENAME

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दक्ष जनशक्तिको अभाव

रेडियो सुदूर आवाज मंगलबार साउन २९, २०७५ डडेल्धुरा- प्रदेश नम्बर सातको पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै बिषेशज्ञ

SITENAME

भागेश्वर गाउपालिकाको बगरकोटमा पहिलो पटक अल्ट्रासाउन्ड सेवा सुचारु

धनबहादुर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- भागेश्वर गाउपालिकाको बगरकोट स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सुचारु गरिएको छ । यो