छाउगोठ सँग जोडिएको वास्तविकता र रेडियो सन्देश

SITENAME

रेडियो सुदूर आवाज  

दिपेन्द्र अवस्थी

 

प्रतिकृया ;


हालैमात्र बिबिसि मिडिया एक्सन र रेडियो सुदूर आवाज डडेल्धुराको सहकार्यमा जनहितका लागी केहि सामाजीक सन्देशहरुको उत्पादन संगै सुदूर पश्च्मि प्रदेशको डडेल्धुरा बाट प्रशारणको जिम्मा रेडियो सुदुर आवाजले पाएकोछ ।

जुन सन्देशहरु निमार्णका लागी अमेरिकि कृर्षि बिभाग बिश्वखाद्यकार्यक्रमको समेत सहयोग रहेको छ । समाजमा बिद्यमान हानिकारप्रथा र स्वास्थ्य सचेतनाको कमिका कारण मानिसहरु लाई पर्नजाने बिभिन्न समस्याहरु लाई समुदाय स्थरमै गई उत्पान गरिएका सामाग्रीहरु श्रोता संग भरपर्दो तवरले पु¥याउनका लागी यस रेडियोले बढि भन्दा बढि श्रोताको रेडियो सून्ने समयमा प्रशारण गरिरहेका छौ ।

छाउपडि,घर र गोठको दुरी, बिद्यालय दिवाखाजा कार्यक्रम, पोषण युक्त खानेकुरा,  साबुन पानीले हातधोएर मात्रै खानेकुरा खानुपर्छमा आधारीत सामाजीक सन्देसहरुको निमार्ण पश्चात गरिएको प्रि टेस्ट र त्यसपछी पनि हामीले गरेका बिभिन्न सर्बेक्षण बाट हामीलाई प्राप्त प्रतिृकृयाहरु सुझाबको रुपमा भन्दा पनि समुदायका लागी एकदमै रोचक छन भन्ने प्रतिृकृया आएको छ । हामीले सुझाब लिन खोज्दा आउने गरेका यि प्रतिकृयाहरु डडेल्धुरा बाट मात्रै नभईकन डडेल्धुरा जिल्ला बाहिर रहेका थुप्रै ब्यक्तीहरु बाट आउने गरेका छन ।

समाज परिवर्तनको संवाहक बन्दै रेडियो सुदूर आवाज 

बिबिसि मिडिया एक्सन र रेडियो सुदूर आवाज डडेल्धुराको सहकार्यमा जनहितका लागी केहि सामाजीक सन्देशहरुको उत्पादन संगै सुदूर पश्च्मि प्रदेशको डडेल्धुरा बाट प्रशारणको जिम्मा रेडियो सुदुर आवाजले  लिएर सामाजीक सन्देसहरु प्रशारण गरिरहेको छ ।

छाउपडि,घर र गोठको दुरी, बिद्यालय दिवाखाजा कार्यक्रम, पोषण युक्त खानेकुरा, साबुन पानीले हातधोएर मात्रै खानेकुरा खानुपर्छमा आधारीत सामाजीक सन्देसहरुको निमार्ण पश्चात गरिएको प्रि टेस्ट र त्यसपछी पनि हामीले गरेका बिभिन्न सर्बेक्षण बाट हामीलाई प्राप्त प्रतिृकृयाहरु सुझाबको रुपमा भन्दा पनि समुदायका लागी एकदमै रोचक र समाज परिवर्तनका लागि प्रभावकारी सन्देश बनेकाछन भन्ने प्रतिृकृया आएको छ । हामीले सुझाब लिन खोज्दा आउने गरेका यि प्रतिकृयाहरु डडेल्धुरा बाट मात्रै नभईकन डडेल्धुरा जिल्ला बाहिर रहेका थुप्रै ब्यक्तीहरु बाट आउने गरेका छन ।

अधिकतम हामीलाई आउने प्रतिकृयाहरु सन्देश बुझिन्छ र आफनै कथा जस्तो लाग्छ ,रोचक पनि छ सांगीतिक भाबमा पनि छ, भन्ने नै आउने गरेको छ । हामीले लिएका प्रतिकृयाहरु मध्ये अधिकतम छाउपडिको बिषयमा समाबेश गरिएको शन्देसहरु सुन्ने महिलाहरुको प्रतिकृया नै बढि छ । आज हामीले केहि त्यस्ता प्रतिकृयाहरु समाबेश गरेका छौ । हामी लगभग आज भन्दा २ साता अघाढी छाउपडिले ग्रस्त सुदुर पीश्चमको बिकट पहाडी जिल्ला अछाममा पुगेका थियौ । जहां बर्षेनी २० जना महिला छाउगोठ मै मर्ने गरेको तथ्याङ छ ।

छाउगोठ मै बालात्कार पश्चात मृत्यु, सर्पको टोकाई, मृत्युको कारण नखुल्नु, जस्ता समस्या भोगेको अछाम र त्यसमाथी पनि चौरपार्टि गाउपालीका छाउपडि गोठमा हुने खतराहरु मध्ये अछामको ठुलो हिस्सा बोकेको छ चौरपार्टिले हाम्रो सन्देश रेडियो बाट पनि सुनेको र फेरि पनि हामीले सुनायौ गाउपालीका उपाअध्यक्ष माया कुवर लाई यस बिषयमा उनको भनाई यस्तो थियो ।
 

उपाध्यक्ष माया कुवर ;


 
    चौरपाटी गाउँपालीका अछाम – उपाध्यक्ष माया कुवर  

हाम्रो गाउपालीकामा यस्तो संचार चाहिएको छ जसले याहाँको छाउपडि प्रथा लाई परिबर्तन गर्न सकोस डडेल्धुरा बाट प्रशारण हुने रेडियोहरु नै याहा बढिमात्रामा सुनिन्छन ।

भौगोलीक कारण पनि अछाममा थुप्रै रेडियोहरु छन तर सुनिदैनन । नत संचार कर्मीहरु नै यहा पुग्छन, गाउपालीका सम्म पुगेपनि वास्तबिक क्षेत्र सम्म उनिहरु पनि पुग्दैनन । यो सन्देशमा भनिएको झै छाउगोठमा त कति मरे मरे अझ सन्देशमा भनिएकै धामी झै अबको परिबर्तनको बाटो लाई नेतृत्व गरेर कसैले पनि अघाढि बढन सकेन ।

यो सन्देश मेरो लागी र मेरो गाउपालीकाको लागी बनेको हो जस्तो लाग्छ किनकी म एक शाक्षर महिला मात्र थिए, म मेरो वडाको पहिलो छाउपडि नमान्ने महिला बने, सामान्य अवस्थाझै बसिरहे मात्र मन्दीर र पूजा बाहेक केहि कुरामा म छाउ नहुने बने ... जब बिस्तारै सबैले थाहा पाए, शुरु शूरुमा अ‍ैचो पैचौ पनि दिएनन कसैले , धेरैले मेरो बिरोध गरे बिस्तारै श्रीमान लाई रिझाए तर उहाले पनि मान्नु भो । एकातिर गाउले र अर्को म एक्लै परेर समाज चलिरहेको थियो ।

त्यसपछी मैले भने खैत मलाई केहि भएन छाउगोठमा न सुत भन्दा कोहि मरे जिम्मा लिने कुरा पनि आयो, बिस्तारै सामुहिक बचत मार्फत सबै गाउले लाई जोडे सकारात्मक बाटोमा पनि लागे र अभियानमा पनि २० बर्ष पछि हुन लागेको चुनाबमा मलाई सबै गाउपालीकाका स्थानीयहरुले प्रस्ताब राखे मेरो वडा मात्र छाउपडि गोठ मुक्त वडा मैलै उहिल्यै नै बनाई सके अहिले सबै खुशि छन, तर बांकि वडाहरुमा अझै पनि नत मन बाट नत साचिकै गोठहरु भत्काउन चुनौती छ, जुन कुरा यो सन्देश सुनेपछि तपाईले सक्नुहुन्छ भन्ने हाम्रो आशा छ । अबको संचारले छाउपडिमान्ने र नमान्ने समुदायको बिचमा अझै यस्ता सन्देश बनाउने हो भन्ने पक्कै पनि सुनमा सुगन्ध थपिए जस्तै हुनेथियो ।
 

उपाध्यक्ष निशा धामी ;


 
    केदार स्युँ गाउपालीका बझाङ्ग – उपाध्यक्ष निशा धामी

शन्देस राम्रो छ ।  हाम्रो लागि बनेको छ ।  यसका लागी बिबिसि मिडिया एक्सन रेडियो सुदूर आवाज लाई पनि धन्यबाद छ  । स्थानीय सरकारको गठन पश्चात पनि सामाजीक कार्यक्रममा जति परिबर्तन हुनु पर्ने हो भएन ।

सडक संजाल संग मानिसहरु जोडिए, कृर्षि ब्यापार र थुप्रै आय श्रोत संग पनि जोडिए तर जनचेतना संग मानिस जोडिन सकेन एक खालको प्रतिब्धता चेतना संग जोडन कठिन छ । जुन रेडियो संचारले मात्र गर्न सक्छ । त्यसमापनि बझाङ्ग दुर्गम जिल्ला ,सदरमुकाम चैनपुरमै पनि रेडियो स्टेशन संचालन गर्न अप्ठेरोछ ।

प्राय दैनीक ४ घन्टा ६ घन्टा जस्तो मात्र बजिरहने रेडियोहरु छन त्यै पनि सुनिदैनन, सुदुरआवाज प्राय मैले त सुन्छु नै  र अरुले सुन्छन भन्ने आशा हो । सबै सन्देश मध्ये मन छुने सन्देस चाहि छाउपडि नै हो । यो नियती जस्तै छ ।

छोरी मान्छे न छुने भयो भन्ने आमा बुवाले हतार पतार गरेर गोठमा सुताउने , उसलाई हप्काउने,डराउने जस्तो गर्ने र उसको मनोबिज्ञान नै एक खालले त्रसित बनिसकेको हुने, सन्देशमा भने जस्तै देबीदेबता रिसाउने, अनिष्ट हुने, घरमा कोहि मर्ने भन्ने कुरा ग¥यो भने गोठमा बाध्यता लाई रहर जस्तै सम्झेर पनि जानु प¥यो, अझ आमा लाई त थाहा हुन्छ महिनाबारीको पिडा, हजुर आमा लाई थाहा छ तर त्यतीबेला सबै बिर्सिदिने हुन्छन ।

हाम्रो गाउपालीकामा छाउपडि गोठ अहिले छैन किनकी सेवा सुबिधा बाट बञ्चीत गरिदिन्छौ भन्ने पछि छैनन, दहि दुध खान दिदैनन । गाई गोठमा चाहि सुत्छन, अलग्गै छैन गोठ चाहि , ठ्याक्कै अहिले सम्म छाउगोठमा कोहि मरे वा बालात्कार भए जस्ता कुरा मैले पनि बुझन पाएकी छैन तर आज भन्दा १४ बर्ष पहिला एउटी १४ बर्षिया बालीकाको सर्पको टोकाइबाट छाउगोठ मै मृत्यु भएको रहेछ । 
 

देबकी भट्ट ;
 


    महिला अधिकार कर्मी डडेल्धुरा – देबकी भट्ट 

मेरो खास अभियान नै महिनाबारीको क्षेत्र हो । संस्थागत रुपले पनि मैले महिनाबारी र स्वच्छता सम्बन्धी बिद्यालय क्षेत्रमा सचेतना दिने कार्यक्रम गर्ने गरेकि छु । सर्ब प्रथम त यो सन्देश उत्पादन र प्रशारण गर्ने टिम लाई धन्यबाद छ ।

सन्देश राम्रो छ यसले बिद्यमान छाउपडि प्रथाका कारण गोठमा सुतेकोले मृत्यु भएको गम्भीर बिषय लाई उठाएको छ । हुनत यो संग धेरै कुराहरु जोडिएका छन ।

खानपनि, सरसफाई जस्ता अन्य बिषय जोडिएको भएपनि मर्नु ठुलो कुरा हो, र अर्कोतिर धामि झाक्रिको परिवार संग जोडेको छ । यसरी सुन्दा अझ मजबुद बनेको छ । तर कथाले मागेको परिबर्तन नै हो चाहे धामि परिवारमा छोरीको मृत्यु पश्चातको पछुतो होस चाहे अघाडिको ,, एक ठुलो घटना पछिको परिबर्तन लाई मानिसले गम्भीर सुन्छ भन्ने हो ।

यि घटना कति भए–भए तर पनि समाजले सुने बिर्से र यो न बिर्साउन यहाहरुले सन्देश बजाईरहनु हुन्छ र अब छाउगोठमा नपठाउ रेडियोले भन्दैछ भन्ने हुन्छ ।

ब्यक्तीगत रुपले मैले कथा संग आफु लाई जोडेर भन्ने हो भने मैले छाउपडिका बिषयमा सचेतना कक्षा संचालन गर्दा कहिले काहि किशोरीहरुले मलाई प्रश्न गर्नु हुन्छ हामि लाई सिकाउने अनि तपाई चाहि के गर्नु हुन्छ ? म संग त्यतीबेला जबाफ हुदैन किनकी म धर्म कर्म संग जोडिएकी छु । समाज संग नजिक भएर बस्न चाहान्छु । छाउ भएको समय मै गोठमा भन्दा पनि अलिकति अलग्गै बस्छु । 
 

नगर प्रमुख मञ्जु मलासी ;