परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

SITENAME

रेडियो सुदूरआवाज
शुक्रबार पुस २७, २०७५

डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको अक्षयकोष स्थापना गरेका छन् ।नगर प्रमुख साउदले भित्री मधेशका एक दर्जन भन्दा बढी माबि तहका सामुदायीक बिद्यालयमा एक लाख र  आधारभुत तहमा ५५ हजारका दरले अध्यक्षकोष स्थापना गरेका हुन । गरिब, जेहेन्दार, अल्पसंख्यक बालबालिकाहरु लाई अध्ययनमा सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको नगर प्रमुख साउँदले बताए । 


‘गरिब, जेहेन्दार, अल्पसंख्याकका बालबालिकाहरु लाई अध्ययनमा सहयोग अक्षयकोष स्थापनाको अभियान नै शुरु गरेको छु ।’ नगर प्रमुख साउँदले भने, ‘नगर क्षेत्रमा पर्ने सबै ६४ वटै सामुदायीक बिद्यालयमा पाँच बर्ष भित्र अक्षयकोष स्थापना गरिनेछ ।’ 

नगर प्रमुख साउँदले आफ्नो व्यक्तिगत लगानीमा परशुराम नगरपालिका क्षेत्रका ६४ वटै सामुदायीक बिद्यालयमा अक्षयकोष स्थापना गर्न शुरु गरेका छन् । अक्षयकोष बाट प्रत्येक बर्ष गरिब, जेहेन्दार, अल्पसंख्यक बालबालिकाहरु लाई छात्रबृत्ति बितरण गरिने छ ।  

अक्षयकोष  स्थापना सँगै भित्रीमधेश क्षेत्रमा शैक्षिक गतिबिधि तिब्र हुन थालेको भागेश्वर माध्यमिक बिद्यालय परशुराम १, सलुनका  शिक्षक करबिर बोहराले बताए । 
पछिल्लो एक बर्ष यता भागेश्वर माध्यमिक बिद्यालय बसौटीमा १ लाख, भागेश्वर माबि कटालमा १ लाख भागेश्वर माबि सलौन १ लाख, शिबशंंकर माबि सादनीमा १ लाख, शिद्धनाथ माबि चन्दनीमा १ लाख, बैजनाथ माबि जमरानीमा १ लाख, शिद्धनाथ माबि जोगबुडामा १ लाख जनज्योती माबिमा गाईबाद्वे १ लाख गरि दश वटा बिद्यालयमा अक्षयकोष स्थापना भईसकेका छ । भने बाँकी बिद्यालयहरुमा अगामी बर्ष अक्षयकोष स्थापना गरिने नगर पं्रमुख साउँदका भनाई छ । 

आधारभूत तह, माध्यमिक तहका सामुदायिक बिद्यालयहरुमा व्यक्तिगत सहयोगमा  अक्षयकोष स्थापना गरी शैक्षिक सुधारमा महत्वर्पुण सहयोग गरेको बैजनाथ माबि प्रधानाध्यापक तेजबहादुर बिष्टले बताए ।  

नगर प्रमुख साउदले गरिब, जेहेनदार, बिपन्न, अनाथ, बालिबालिकाहरुको शैक्षिक सहयोगका लागी बिद्यालयमै पुगेर अक्षयकोष स्थापना गर्न थालेका हुन । जिल्लाकै सबै भन्दा पिछडिएको क्षेत्रमा शैक्षिक गुणस्तर सुधार गर्न यो अभियानकै रुपमा संचालन गरिएको नगर प्रमुख साउँदले बताए ।  जिल्लाकै ४० हजार जनसंख्या रहेको भित्रीमधेश क्षेत्रमा सामुदायिक र संस्थागत गरि ७५ वटा बिद्यालय रहेका छन् ।  शैक्षिक सुक्षार गर्न व्यक्तिगत रुपमा सुरु गरेको अभियानलाई सबै क्षेत्रले अभियानकै रुपमा संचालन गर्न अति आवश्यक रहेको शिक्षकहरु बताउँछन् । 

नगरपालिका क्षेत्रका कुनै सुबिधा नलिने घोषणा गरेका नगर प्रमुखले पाउने दैनिक भत्ता र सेवा  सुबिधाको लागि मेयर कोष स्थापना गरि गरिब, असाहाय, जेष्ठनागरिक, अपाङगता भएका ब्यक्ति, महिला, पिछडिएका बर्गलाई बिभिन्न तवरबाट आर्थिक सहयोग गदैं आएका छन् । नगर प्रमुखले एक  चिया कप बाहेक नगरपालिकाबाट अरु कुनै सुबिधा लिने गरेका छैनन् । 

प्रतिकृया दिनुहोस
SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने

SITENAME

भुवेनेश्वरी माबिले स्थानिय पाठ्यक्रममा प्रकोप समावेस गर्ने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- प्राकृतिक प्रकोपको जोखिम रहेको क्षेत्र जोगबुढाको महाकाली किनार परीगाउमा रहेको भुवनेश्वरी माविले