गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

SITENAME


कञ्चन थापामगर
सोमबार पुस २३, २०७५

डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण गरेको छ । वडा कार्यालयको विनियोजित रकम बाट जेष्ठ नागरिकहरु लाई न्यानो लुगा कम्बल र अपांगता भएका लाई ह्वील चेयर वितरण गरिएको वडा अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताए । राज्य बाट आफुले पाउने सेवा सुबिधाको २० प्रतिशत रकम सामाजिक सेवामा काम गर्ने घोषणा गरेका अध्यक्ष कार्कीले चिसो याममा वडा नं. २ का बृद्ध जेष्ठ नागरिक, गरिब, दलित असाहाय लाई गरी ५६ कम्बल वितरण गरेको बताए । अपांगता भएका दुई जना लाई भने ह्वील चेयर वितरण गरिएको हो । 


सोमबार गाउपालिका प्रमुख नबल बहादुर मल्लल उपाध्यक्ष कलवती ठगुन्ना लगायत कार्यालयका प्रमुख, निर्वाचित जनप्रतिनिधीहरुको उपस्थितीमा औपचारिक रुपमा वितरण कार्यक्रमको आयोजना गरी सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 


चालु आर्थिक बर्षम वडा नं. २ को कार्यालयको डेढ लाख बराबरको रकम र बाँकी आफुले  रकम हालि न्यानो लुगाकपडा कम्बल र ह्वील चेयर वितरण गरेको वडा अध्यक्ष कार्कीको भनाई छ । उनले भने, ५ बर्ष सम्म राज्य बाट मैले पाउने सेवा सुबिधाको रकम बाट २० प्रतिशत सामाजिक सेवा  तथा स्थानियका हितका लागी हुने काममा खर्च गर्ने छु ।


चिसोमा कम्बल पाउदा जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरे । गाउ घरमा बस्दै आएकाले कुनै पनि निकाय बाट ह्वील चेयर नपाएका अपांगता भएका दुई जनाले  ह्वील चेयर पाउदा बस्न कहि कतै नजिकका स्थानमा ओहो दोहोर गर्न सजिलो हुने बताए । 
 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने

SITENAME

भुवेनेश्वरी माबिले स्थानिय पाठ्यक्रममा प्रकोप समावेस गर्ने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- प्राकृतिक प्रकोपको जोखिम रहेको क्षेत्र जोगबुढाको महाकाली किनार परीगाउमा रहेको भुवनेश्वरी माविले