नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

SITENAME


पुष्कर भण्डारी
सोमबार पुस २३, २०७५

डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने भएको छ । परशुराम नगरपालिका–५ महाकाली नदि किनारमा रहेको परशुराम धाममा पहिलो पटक  पुस ३० देखि माघ ८ गते सम्म ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ आयोजना हुने भएको हो । यस अघि २०४७ सालमा यहा एक पटक महायज्ञ लगाईएको थियो ।

चार धाम मध्येको एक मानिने परशुराम धाम लाई देश तथा विदेशमा प्रचार प्रसार गर्ने उदेश्यले नगरपालिकाको आयोजनामा महामहोत्सव गर्न लागिएको नगर प्रमुख भिम बहादु साउदले जानकारी दिए ।

आईतबार जिल्ला सदरमुकाम डडेल्धुरामा जिल्ला समन्वय समितीको समन्वयमा स्थानिय तह प्रमुख, उप प्रमुख, उपध्यक्ष, प्रमुख जिल्ला अधिकारी सहित सरकारी कार्यालयका कर्मचारी र सञ्चारकर्मी संग गरिएको महोत्सव बारे जानकारी दिदै नगर प्रमुख साउदले पुस ३० पुर्व प्रधानमत्रि तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा द्धारा औपचारिक रुपमा धार्मिक महोत्सवको उद्घाटन गरिने बताए । 

पुस ३० गते कलश यात्रा सहित उद्घाटन हुने महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिविर, नित्यपूजा, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्री कार्यक्रमहरु प्रस्तुत हुने आयोजनक परशुराम नगरपालिकाका नगर प्रमुख तथा परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक साउदले जानकारी दिए ।

महा महोत्वसको तयारीको काम ७५ प्रतिशत सकिएको उनको भनाई छ । ‘परशुराम भगवान विष्णुको छैठौं अवतारका रुपमा लिइन्छ । यो विश्वकै चार धाम मध्यको एक धाम हो । भगवान परशुरामले यही क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्रमा उहाँहरु पनि जन्म भएको स्कन्द पुराणमा उल्लेख छ’ महोत्सव आयोजक समिती सदस्य सचिव कैलाश कुमार पाण्डेयले भने, ‘यो क्षेत्र ओझेलमा परेको छ यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गर्न लागिएका हो ।’ धार्मिक महोत्सवमा महाकाली नदिमा ¥याफ्टिंगको अध्ययन गरी सञ्चालनमा ल्याउन लागेको समेत सदस्य सचिव पाण्डेयले बताए ।

मानसखण्ड संहितामा श्याम र एलाको संगम अति नै पवित्रको संगम मानिएको छ । महाकाली नदी लाई श्याम, सरयु, सुरभागा, मन्दाकिनी, वैयासिकी, कालिन्दी, काली भनिन्छ भने रंगुन बदी लाई एला, रेणुका भनी पुराणमा वर्णन गरिएके छ । यसकै संगममा परशुराम तीर्थ रहेको छ । एलायः संगम पुण्य जामदग्न्याप  शुभम् भनेर स्कन्द पुराणमा भनिएको सदस्य सचिव पाण्डेयले जनाए ।

श्याम एलाको संगममा भगवान परशुरामले एउटा ढुंगालमा आफ्नो बञ्चरोले तिन हात लम्बाई, तिन हात चौडाई, तिन हात नै गहिराई रहेको कुण्ड निर्माण गरेको र सोही कुण्डमा भगवान विश्वकर्माले दश अंगुल परिमिती भएको परशुराम भगवानको प्रतिमा स्थापित गरेको पुराणमा वर्षन गरेको छ । सदस्य सचिव पाण्डेयले भने, त्यही कुण्ड रहेको स्थान नै हालको परशुराम हो । 

परशुराम तीर्थमा रहेको अभूतरपूर्व चट्टानमा एउटा द्धार रहेको छ । धर्मपररायण, सिद्धपुरुष सहजै द्धार प्रवेस गर्न सक्दछन भन्ने मान्यता छ । द्धापर गुगमा धर्मराज युधिष्ठर, द्रोपती र चारै भाई सहित यस द्धारमा प्रवेश गरेको  लोक मान्यता छ । धर्मद्धारमा प्रवेश पूर्व मनोअभिलाषा सहित बाबियोमा गाठो पारिन्छ । मनोकामना पुर्ण भए पछि द्धार प्रवेश गरी गाँठो फुकाईन्छ ।

महाकाली नदीमो दक्षिण तर्फ जहाँ रंगुन नदीको संगम रहेको स्थान लाई बिष्णु भनिएको छ । सोही बिष्णुपुर नै परशुराम क्षेत्र हो । महाकाली नदीको तटमा अलौकिक संरचना रहेको छ । जुन संरचना ऋषि महार्षिहरुले यज्ञ गर्दाको बेलाका जौ, तिलको समिश्रण हो भन्ने लोक मान्यता छ । जो प्राकृतिक रुपमा चुन र ढुंगाको मिश्रणका रुपमा रहेको छ । 

परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्छ । परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गर ेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ ।

पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्राम बस्ने गर्दछन । माघ १ गते बिहान ४ बजे देखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भीड लाग्छ ।

माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ । मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारत बाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरी बताउछन । 

सबै तीर्थ पटक–पटक परशुराम एक पटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ । भगवानका दश अवतार मध्ये परशुराम अवतार भएको उक्त धाम परशुराम नगरपालिका–५ महाकाली किनारमा रहेको छ । हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिर मध्ये परशुराम तिर्थ मात्र एउटा यस्तो पवित्र धाम हो जसको संसारमा अन्यत्र कहीं पनि मन्दिर पाइँदैन ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए । पछि ईश्वरीय अवतारका लागि यही भूमिमा परशुरामले तपस्या सफल पारे । परशुराम भगवान विष्णुका दश अवतार मध्ये एक मानिन्छ । 
महाकाली पारी परशुराम धाम देखि सात किलोमिटरको दुरीमा रहेको पूर्णागिरी मन्दिरमा बर्षेनी आउने लाखौं धार्मिक यात्रुहरु मध्ये एक चौथाइ पनि परशुराम धाममा आउने वातावरण सिर्जना गर्ने हो भने डडेल्धुराको आर्थिक विकासमा मात्र नभई सुदूरपश्चिम संगै सिंगो राष्ट्रमा धार्मिक पर्यटनको ठूलो विकास हुन सक्ने सम्भावना रहेको नगर प्रमुख साउद बताउछन ।