भुवेनेश्वरी माबिले स्थानिय पाठ्यक्रममा प्रकोप समावेस गर्ने

SITENAME

पुष्कर भण्डारी
सोमबार पुस २३, २०७५

डडेल्धुरा- प्राकृतिक प्रकोपको जोखिम रहेको क्षेत्र जोगबुढाको महाकाली किनार परीगाउमा रहेको भुवनेश्वरी माविले प्रकोप सम्बन्धि पाठ्यक्रम समावेस गर्ने भएको छ । जोगबुढा क्षेत्र परशुराम नगरपालिका प्राय गरी बाढी पहिरोको जोखिममा रहेकाले २० प्रतिशत पाठ्यभार रहने गरी प्रकोप सम्बन्धि बिषय वस्तु समावेस गरी अध्ययन गराउन लागेको बिद्यालयले जनाएको छ । नमुना बिद्यालयमा छनौट भएको भित्रिमधेश परशुराम नगरपालिका ५ परिगाउमा रहेको भुवनेश्वरी माबिले स्थानिय पाठ्क्रममा प्रकोपका बिषय वस्तु समावेस गर्न लागेको हो ।


स्थानिय पाठ्क्रम विकास गरि आउदो नंया शैक्षिक शत्र २०७६ मा कक्षा १ देखि कक्षा ४ सम्म सामाजिक अध्ययन बिषयमा समावेस पर्ने भए अनुसार र माथिका कक्षाहरुमा समावेस गर्ने तयारी थालिएको बिद्यालयका प्रध्यानाध्यापक डम्बर सिंह थ्वालले बताए । स्थानिय स्तरमा पाठ्क्रम निर्माण गरी अध्यापन गराउनु पर्ने नियम अनुसार हामिले यहाको समस्या दर्शाउने तथा प्रकोपका समयमा कसरी जोखिम कम गर्न सकिन्छ र पुर्व तयारीमा रहदा जोमिक व्यवस्थापन गर्न मद्दत पुग्छ भन्ने ध्ययले पाठ्यक्रम निर्माण गरि रहेका छौ । उनले भने, परिगाउ क्षेत्रमा अमेरिकी रेडक्रसले पनि काम गरि रहेकाले बिद्यालयमा नेपाल जुनिय रेडक्रस र युवा रेडक्रस गठन गरि बिद्यार्थीहरुले प्राथमिक उपचार समिती पनि गठन गरेका छन । प्राय बर्षहरुमा बाढीको जोखिम रहने भएकाले पाठ्यक्रममा प्रकोपका बिषय वस्तु समावेस गर्न सके पक्कै पनि यसले विपद जोखिम कम गर्न  मद्दत गर्ने छ । 


यस शैक्षिक सत्र बाट अंग्रेजी माध्यम बाट शिक्षण सुरु गरेको बिद्यालय डडेल्धुराको एक मात्रै नमुना बिद्यालयका लागी छनौट भएको बिद्यालय हो । शिक्षा विभागले नमुना बिद्यालय छनौटका लागी आवश्यक निर्देशिका जारी गरे अनुसार शैक्षिक, भौतिक पुर्वाधार लगायतका नमुना बिद्यालयका आधारभुत सुचांक पुरा भएकाले जिल्लाको एक मात्रै बिद्यालय नमुना बिद्यालयमा छनौट भएको प्रध्यानाध्यापक थ्वालले बताए । 


अंग्रेजी माध्यम बाट शिक्षण सुरुवात संगै बिद्यालयमा बिद्यार्ती संख्या बढेको उनको भनाई छ । यस बर्ष मात्रै संस्थागत बिद्यालय छोडी उक्त बिद्यालयमा भर्ना भएका बिद्यार्थीको संख्या ४३ छ । प्रबिधिको विकास संगै बिद्यालयले अहिले ९ र १० कक्षामा अध्ययनरत बिद्यार्थीहरु लाई प्रोजेक्टरका माध्ययम बाट अध्ययन गराई रहेको उनले बताए । बिद्यालयमा अहिले ५ सय ६१ बिद्यार्थी अध्ययनरथ छन । 


अहिले पनि बिद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार बिभिन्न गतिबिधी गरिदै आएको बिद्यालयले जनाएको छ । जुनियर÷युवा रेडक्रस सर्कल अन्तरगत प्राथमिक उपचार समिती लगायतका बिद्यार्थीहरु मिली बिद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत नै विपद जोखिम न्युनिकरणका लागी पुर्व तथारी संगै अभ्यास गर्दै आएको प्रध्यानाध्यापक थ्वालको भनाई छ । 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने