अजयमेरु गाउपालिकाको बित्तिय प्रगती ५३ प्रतिशत

SITENAME

पुष्कर भण्डारी
शनिबार पुस २१, २०७५


डडेल्धुरा- अजयमेरु गाउपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ५३ प्रतिशत बित्तिय प्रगती गरेको छ । शनिबार अजयमेरु गाउपालिकाले वडा नं. २ को चमडमा गरेको पहिलो चौमासिकको सर्वजनिक सुनुवाई कार्यक्रममा पहिलो चौमासिकमा गरिएका गतिबिधिहरु बारे जानकारी दिदै प्रमुख प्रशासकयि अधिकृत खेम राज पौडेलले पुँजी गत तर्फ भने ८५ प्रतिशत प्रगती भएको बताए । पहिलो चौमासिकमा पुँजीगतका योजना सम्पन्न नहुने भएकोले बित्तिय प्रगती हुन नसेको उनको भनाई छ । 


चालु आर्थिक बर्षमा कुल ८२ वटा भौतिक पुर्वाधारका योजना छन । उनले भने, पहिलो चौमासिकमा ३ वटा मात्रै योजना सम्पन्न भएका छन । अब ८ वटा मात्रै योजना सम्झौता हुन बाँकी छन । उनका अनुासर पहिलो चौमासिकमा उपभोक्ता समिती गठन, सम्झौता गर्ने लक्ष्य अनुसार ९९ सय प्रतिशत योजना सम्झौता भएकाले योजनाहरु धेरै कम सम्पन्न भएका हुन । प्रमुख प्रशासकिय अधिकृत पौडेलले पहिलो चौमासिकमा गाउ वस्तिमा गई उपभोक्ता समितीहरुका पदाधीकारीहरु लाई अभिमुखिकरण तालिम समेत दिईएको बताए । 


गाउपालिको लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । गाउपालिकाले चालु आर्थिक बर्ष २०७५/०७६ मा २० लाख राजश्व संकलन गर्ने लक्ष्य अनुसार पहिलो चौमासिकमा ५ लाख संकलन हुने अनुमान गरेको थियो । तर पहिलो चौमासिकमा अनुमानित भन्दा बढी ५ लाख ८५ हजार राजश्व संकलन गरेको गाउपालिकाले जनाएको हो । 


कार्यकारी अधिकृत पौडेलले लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न गाउपालिका सफल भएको बताए । चालु आर्थिक बर्षमा ३० करोड ९६ लाखको बजे बनाएको गाउपालिकाले त्यस पछि गरिब संग विशेश्वर कार्यक्रमका लागी ४ लाख र बहुक्षेत्रिय पोषणका लागी १२ लाख ५८ हजार थप भएको उनले बताए । 


पहिलो चौमासिकको सार्वजनिक सुनुवाईमा गाउपालिका वासिले अजयमेरु सरकारले बहुमतको आडम कार्यकर्ता लालन पालन गर्ने गरी बजेट तथा योजना सञ्चालन गर्दै आएको भन्दै त्येसो नगर्न आग्रह गरेका थिए । पानि नभएको स्थानमा कार्यकर्ता पालन पोषण कै लागी पोखरी निर्माण, सडक लैजाने, बृक्षारोपणका नाममा घाँस रोप्ने बताउदै स्थानिय जयबहादुर ऐरले गाउपालिकाले ई हाजिरी सञ्चालन गर्दैमा कर्मचारी ईमान्दार भएर काम नगर्ने र वडा अध्यक्षले आफु निकट बाहेकका स्थानियहरु संग कुनै छलफल तथा समन्वय नगर्ने गरेको गुनासो गरे ।


स्थानिय खगराज गिरीले बाख्रा विरामी भएका बेला पशु सेव केन्द्र बाट उपचार नपाएको गुनासो गर्दै गाउपालिकाले बाख्रा पालनमा दिने भनिएको अनुदान पनि आफुले नपाएकाले काखा पाखा गरिएको सुनाए । 


अर्का स्थानिय जयबहादुर ऐरले गाउपालिकाले लेकाली भेगमा अदुवा, वेसार, लसुन खेती गर्न बिउ अनुदानमा दिए पनि बजार व्यवस्थापन गर्न नसक्दा किसान मर्कामा परेको बताएका थिए ।

स्थानिय राम बहादुर ऐरले गाउपालिकाले भौतिक निमाणका काममा गुणस्तहिन काम गरेको गुनासो राखे । उनले भने, बाहिर हेर्दा त सिचाई, खानेपानि ट्यांकी, भवन, पाईन लाईन, सडक रामै्र देखिएका छन  । तर सडकका तारजाली देखि, जस्तापाला, पाईप, सिमेन्ट गुणस्तरहिन प्रयोग भएको छ । यसको ल्याब टेष्ट गर्न जरुरी छ । 


स्थानिय महिला राधिका ऐरले औपचारिक शिक्षा सञ्चालन नगरिएको गुनासो पोख्दै महिलाहरुका लागी आयआर्जनका योजनहरुमा सबै टोल बाट महिला नसमेटिदा निरास भएको बताईन । 


सार्वजनिक सुनुवाईमा स्थानियहरुले पहिलो चौमासिकमा आम भेला गराई गाउपालिकाले दिएको जानकारी र खुल्ला छलफल राम्रो भएको प्रतिक्रिया दिदै युवा स्वरोजगार, प्राबिधिक शिक्षा, साना तथा मझौला उद्योग स्थापना, व्यवस्थित सडक निर्माणका लागी सुझाव दिए ।

स्थानियहरुका गुनासाहरुको जवाफ दिदै गाउपालिका प्रमुख उमेश भट्टले सबै काम पुर्ण रुपम राम्रा नहुने भएकाले गुनासा प्रतिक्रिया, सुझावका लागी धन्यबाद दिदै आफुले राजनैतिक तवरले योजना छनौट नगरेको र नगर्ने बताए । वस्ति गाउ, वडा भेला बाट माग भई आए अनुसार योजना बनाईने भएकाले कार्यकर्ता पालन पोषण भन्दा पनि समुदायको हितका लागी योजना छनौट गरी बजेट विनियोजन गरेको उनले बताए । 

योजनाहरुको स्थलगत अनुगमन हुदै आएकाले गुणस्तरहिन कच्चा पदार्थ प्रयोग नभएको गाउपालिका उपाध्यक्ष कलावती भाणले बताईन । हामिले अनुगमन गरेका छौ । मापदण्ड अनुसार काम नगरेको पाईएको खण्डमा हामिले भत्काई, उखेली दोस्रो पटक पनि निर्माण गर्न लगाएका छौ । उनले भन्नि, ल्याब टेष्टका कुरा जँहा सम्म आए त्यो सजिलो पनि छैन । यदी साँच्चै त्यस्तो पाईए हामि त्यो पनि गर्ने छौ । यसका लगी नागरिक निगरानी हुन पनि जरुरी छ ।