विश्वकप फूटबलको दावेदार टोलीहरु रणनीति बनाउन व्यस्त, मैत्रिपूर्ण खेल खेल्दै

SITENAME

काठमाडौं, । रुसमा हुने विश्वकप फुटबलको मिति नजिकिंदै जाँदा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुले तिब्रता पाएका छन् ।

विश्वकप फुटबल आउन तीन महिनामात्रै बाँकी रहँदा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन जुटेका छन् । तयारीकै लागि अर्र्जेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका प्रशिक्षक योर्गे साम्पाओलीले विश्वकपका लागि राष्ट्रिय टोलीको सम्पूर्ण जिम्मेवारी आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको काँधमा रहने बताए ।

आजै राति जर्मनी र स्पेन, नेदरल्याण्ड्स र इंग्ल्याण्ड, रुस र ब्राजिल, जापान र माली तथा टर्की र रिपब्लिक अफ आयरल्याण्ड्स भिड्नेछन् । यसैगरी फ्रान्सले कोलम्बियासँग खेल्दा पोर्चुगल र ईजिप्ट भिड्नेछन् । उता चाईना कप फुटबल अन्तर्गत गएराति भएको खेलमा वेल्सले चीनलाई ६–० ले हराएको छ । उक्त खेलमा ह्याट्रिक गरेका ग्यारेथ बेल वेल्सका लागि अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बेलले अहिलेसम्म देशका लागि २९ गोल गरेका छन् ।

यसअघि लिभरपूलका पूर्व खेलाडी ईयान रसले वेल्सका लागि २८ गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

सन्दीपले सिड्नीको दुई विकेट लिए ; बिग ब्याश लिगस्

 रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  बिग ब्याश लिगमा आज भइरहेको सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट  लिएका छन्

SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५