सन्दीपले सिड्नीको दुई विकेट लिए ; बिग ब्याश लिगस्

SITENAME

 रेडियो सुदूर आवाज
पुस १२, २०७५ बिहिबार 
बिग ब्याश लिगमा आज भइरहेको सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट  लिएका छन् ।

आफ्नो चार ओभरको स्पेलमा उनले १८ रन खर्च गरेर  दुई विकेट लिएका हुन् ।  

मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिए । तर व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए ।

उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने दोस्रो ओभरमा मात्र २ रन दिए ।

व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले अर्को विकेट लिन सफल भए । उनले टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे भने आफ्नो अन्तिम ओभरमा नौ रन दिए ।

यतिबेला सिड्नी सिक्सर्सको पारी समाप्त भएको छ भने उसले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १३० रन बनाएको छ । 

मेलबर्नले १३१ रनको लक्ष्य भेट्न जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५

SITENAME

दोस्रो स्ववियु भलिबल कपमा आयोजक ए को जित 

रेडियो सुदूर आवाज आईतबार असोज २८, २०७५ डडेल्धुरा- दोस्रो स्ववियु भलिबल प्रतियोगिताको उपाधी आयोजक स्वतन्त्र बिद्यार्थी युनियको ए टिमले जितेको छ ।