डडेल्धुराका यी उदाहरणीय महिला समाजले पूरुषका लागी भनेर छुटयाएको काम गरिन

SITENAME

रेडियो सूदुर आवाज
दिपेन्द्र अवस्थी सानू 
पौष ७, २०७५ शनीबार, डडेल्धुरा – हाम्रो समाजमा अझै पनि कतिपय कामहरु पूरुषले मात्र गर्नु हुन्छ र महिलाहरुले गर्नु हुदैन भन्ने मान्यताहरु रहेका छन । एक छिन सोचौ महिलाहरुले हलो जोते, कृयापुत्रि भएर बसे, गाडि, मोटर चलाए, केहोला त ? हो आज यिनै र यस्तै महिलाहरुको कथा समेटिएकोछ ।

महिला उधमी-मीना फुलारा
यीहुन डडेल्धुरा अमरगढी नगरपालीकाकी मीना फुलारा यिनको प्रारम्भीक अभियान भनेकै महिला उधम तर्फ हो । आज भन्दा २० बर्ष अघिदेखि महिला उधमीका रुपले यिनले यसै क्षेत्रमा काम गरिन । त्यतीमात्र होईन श्रीमान संगै मोटरसाईकल बिक्री गर्ने र मर्मत गर्ने स्वरुम समेत संचालन गरिन । ग्राहकहरुले सूरुसूरुमा यिनलाई महिला भएकै कारण बिश्वास गरेनन । मोटरसाईकल बिक्रीगर्ने आधीकारिक बिक्रेता को रुपमा महिलालाई देख्दा बिश्वास गर्न न सक्ने परिस्थीती त थियो नै त्यसमा पनि मार्केटिङ गर्नु अझ चुनौती थियो । श्रीमानको साथ अटुट बिश्वास बाट अहिले ब्याबसायीक रुपमा निकै सफल बनेकी छिन । सायद यो काम पूरुषले मात्रै गर्ने हो भनेर छाडेको भए आज उनको यो स्थान हुदैन थियो ।

महिला ठेकेदार-सुसिला मगर

त्यस्तै यि हुन डडेल्धुरा अमरगढि कि सुसिला मगर... यिनको दिनचर्या पनि श्रीमानलाई सघाउने महिला ठेकेदारको भुमीकामा छिन । प्रायः निजीघर तथा भबनहरुको निमार्णमा ब्यस्त देखिने सुसिलाको काम भनेकै कामदारहरु लाई खटाउने, उनिहरुको रेखदेख संगै हिशाब किताब राख्नेहो । सुरुसुरुमा श्रीमानलाई काम गर्दा केहि अप्ठेरो पर्दा सल्लाह मात्र दिने गरेकी  सुसिला भने अहिले श्रीमानले लिएको जिम्मेवारी कै ठाउमा छिन । थुप्रै पूरुष र महिला श्रमीकहरुलाई काममा लगाउन हिशाब किताब दिनु यि सबैकाम गर्दै आएकि सुसिला लाई भने सुरुसुरुमा मजदुरहरुले पत्याउदैनथे । खासमा ठुलो रकम माग्नु प¥यो भने महिला त हो भन्ने हुन्थ्यो तर अब त सबैले पत्याउछन ।

यदि आज मीनाफुलारा र सुसिला मगरले योकाम पूरुषले गर्ने काम हो भनेर छोडेको भए उनीहरु उदाहरणिय महिला बन्दैनथिए । 


 

प्रतिकृया दिनुहोस
SITENAME

खै त सिंह दरवार गाँउ गाँउमा ?

सिंहदरबार गाउघरमा पस्ने कुरा ले चर्चापाएको बिषयबस्तु प्राप्त नहुन सक्दा जनताहरु निराश बन्दै गएका छन,। करिब २० बर्षपछि मुलुक ले पाएको स्थानीय सरकार

SITENAME

डाक्टर केसी सजायको भागीदार नबन्न, के भगवान हुन् र ?

संजिव कार्की:.देशको मूल कानुन र संबिधान भन्दा माथि कोहि छैनन् । कानुनको नजरमा सबै नागरिक समान र एकै हैसियतमा रहनुपर्छ । विधिशास्त्रले कसैलाई नजिक र

SITENAME

महाभारतकी कुन्ती-२२

हरिविनोद अधिकारी/ जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य देख्छन् , खुसी