दोस्रो नेपाल आइडल बने रवि ओड

SITENAME

रेडियो सुदूर आवाज 

पुस ६, २०७५ शुक्रबार  डडेल्धुरा –  दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । उपाधिसँगै उनले नगद पुरस्कार प्राप्त गर्दै विश्व भ्रमणको अवसरसमेत हात पारेका छन् ।

पुर्ख्यौली घर अछाम भएका रवि अहिले कञ्चनपुरमा बस्छन् । उनले धनगढीमा भएको अडिसनबाट नेपाल आइडलको यात्रा सुरु गरेका थिए ।

बिक्रम बराल - फर्स्ट रनर अप

बिक्रम बराल - फर्स्ट रनर अप
उनले निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा तथा इन्दिरा जोशीको निर्णय तथा प्राप्त भएका भोटका आधारमा बाँकी तीन प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।

सुमित पाठक - सेकेण्ड रनर अप
सुमित पाठक - सेकेण्ड रनर अप

त्यसैगरी पोखराका बिक्रम बरालले दोस्रो तथा सुमित पाठकले तेस्रो स्थान प्राप्त गरे भने झापाकी अस्मिता अधिकारीले चौथो स्थान ओगट्न सफल भइन् ।

अस्मिता अधिकारी- थर्ड रनर अप
अस्मिता अधिकारी - थर्ड रनर अप

पुल्चोकमा रहेको इञ्जिनियिरङ कलेजको मैदानमा भएको ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशक दिपेन्द्र देउबा द्धवारा अभिनित जुम्ला जाने दाई को भिडियो सार्बजनीक

रेडियो सुदूर आवाज  दिपेन्द्र अबस्थी  सोमबार ८ असोज २०७५ डडेल्धुरा – कर्णाली प्रदेशको जुम्ला स्याउका लागी निकै प्रशिद्ध मानिन्छ । त्यस संगै

SITENAME

आजदेखि ४ चलचित्र प्रदर्शनमा

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं - शुक्रबारदेखि  ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शनमा आएका छन् । रिलिज भएका चलचित्र हुन् मिष्टर

नाईं नभन्नु ल ५ को शिर्ष गीत 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ चलचित्र ‘नाईं नभन्नु ल ५’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द,