असफलतातर्फ सरकार गइरहेको छ ; राप्रपा अध्यक्ष थापा

SITENAME

रेडियो सुदूर आवाज

मंसिर २८, २०७५ शुक्रबार 

सुर्खेत –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार असफल भइसकेको बताउनु भएको छ ।          उहाँले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावअघि गरेका प्रतिवद्धताअनुसार काम गर्न नसकेको बताउनुभयो । ‘नेकपाले चुनावअघि उठाएका राष्ट्रियता, रोजगारी सिर्जना गर्नेलगायतका कुरा उठाएको थियो । नागरिकले पनि अपेक्षा गरेर बहुमत दिएका थिए’, आज वीरेन्द्रनरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘नेकपाको सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेन । असफलतातर्फ सरकार गइरहेको छ ।’ 

उहाँले कम्युनिष्टको ठाउँमा नेपाली कांग्रेस भए पनि अहिलेको अवस्थामा सरकार असफल हुने दावी गर्दै यसको मुख्य कारण ६२–६३ को जनआन्दोलनपछि भएको परिर्वतनलाई स्थापित गर्दा अबलम्बन गरिएको व्यवस्था र नीतिमा नै त्रुटि भएको अध्यक्ष थापाको भनाई छ । 

अध्यक्ष थापाले हिन्दू राष्ट्र निर्माणका लागि आफूहरु सधैँ लागेको बताउँदै अब जनदबाब सिर्जना गर्ने बताउनुभयो ।  उहाँले आफूहरुको बहुमत नभएकाले संविधानमा हिन्दू राष्ट्र लेखाउन नसकिएको भन्दै यस एजेण्डालाई स्थापित गराउन निरन्तरता दिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक

SITENAME

अब ७ महिना पनि टिक्दैन ओली सरकार ;  प्रकाण्ड

रेडियो सुदूर आवाज  पुस ९, २०७५ सोमबार रुपन्देही – नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा

SITENAME

नेपाली कांग्रेसको महासमिति बैठक सुरु

रेडियो सुदूर आवाज  मंसिर २९, २०७५ शनिबार नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति