रावलतोली गुफा शिवकुटीमा कन्हैया बाबाको घोर तपश्या

SITENAME

रावलतोली गुफा शिवकुटीमा कन्हैया बाबाको घोर तपश्या
रेडियो सुदूर आवाज
मंसिर २० बिहिबार, २०७५


डडेल्धुरा- द्धापर युगको ईतिहांस बोकेको धार्मिक स्थल रावलतोली गुफा शिवकटीमा राष्ट्र कल्याण तथा बिश्व शान्तिका लगाी बाबाले घोर तपश्य शुरु गरेका छन । डडेल्धुराको अमरगढी ७ पोखरामा रहेको शिवकुटीमा बाल ब्रह्मचारी कन्हैया बाबाले घोर तपश्या थालेका हुन । रावलतोली शिव कुटीमा रहेको जप गर्ने स्थल गुफामा बसि कन्हैया बाबाले बुधबार बिहान देखि तपश्या शुरु गरेका हुन । 


बाल ब्रह्मचारी रहेका बाबा अहिले ३३ बर्षका छन । शिवकुटी क्षेत्रमा २५ भन्दा बढी माहात्माका शव गाडिएका समाधी छन । शैलेश्वर महादेव, उग्रतारा भगवती मन्दिरकै धार्मिक शक्तिपिठको रुपमा रहेको विशकुटी लगायतका क्षेत्रमा देशवासन भएका सन्त माहात्मा तथता अरुहरुको पनि आत्माको शान्ति संगै ज्ञान आर्जन, राष्ट्र कल्याण र बिश्व शान्तिका लागी बाबा जप गरी तपश्यामा बसेको रावलतोली शिव कुटी गुफा क्षेत्र विकास समती अध्यक्ष शुरेन्द्र साँकीले बताए ।