निर्मला लाई न्यायको माग गर्दै नेपाल प्रेस युनियन डडेल्धुराको दबाव ¥याली

SITENAME

रेडियो सुदूर आवाज
मंसिर १६, आईतबार २०७५ 

डडेल्धुरा- बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको पक्षमा मुलुकभर विभिन्न विरोध प्रर्दशन भइरहेका बेला डडेल्धुरामा पनि दबाब मूलक कार्यक्रम गरिएको छ । 
निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको अगुवाईमा आइतबार दबाबमूलक ¥याली निकालिएको छ । बलात्कार पछि हत्या गरिएकी निर्मलाका दोषिलाई चाडो सार्वजनिक गर्नु पर्ने भन्दै प्रेस युनियनले कालो पट्टि सहित  सरकारलाई दवाव दिएको प्रेस युनियन डडेल्धुराले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, दलका जिल्ला स्थित भातृ तथा सुभेच्छुक संगठन लगायतको सहभागीतामा दिँउसो २ बजे तुफानडाँडा देखि बागबजार सम्म दबाब मूलक शान्तिपूर्ण ¥याली निकालिएको हो । 
‘दण्डहिनताको अन्त्य गर, निर्मलालाई न्याय दे !’ लेखिएको ब्यानर बोकिएको ¥यालीका प्रर्दशनकारीहरुले कालोपट्टी बाँधेर समेत निरिह सरकारको बिरोध जनाएका थिए । घटना भएको चार महिना बिति सक्दा पनि घटनाको बारेमा सरकारले सत्य, तथ्य सार्वजनिक गर्न सकेको छैन । घटनाका दोषी पत्ता नलाग्दा देशभर सरकार विरुद्ध आन्दोलन भइरहेका छन । 
तुफानडाँडा चोक बाट निकालिएको ¥यलाी बागबजार बस पार्क हुदै मुख्य चौराह भिमदत्त चोकमा कोण सभामा परिणत भएको थियो । कोण सभा लाई सम्बोधन गर्दै डडेल्धुरा बहुमुखि क्याम्पस स्वविय सभापती जगत ऐर, नेपाल बिद्यार्थी संघ पुर्व केन्द्रिय अध्यक्ष केशव सिंह, नेपाली कांग्रेस जिल्ला कार्य समिती डडेल्धुरा कार्यबहाक सभापती करुणाकर भट्ट, प्रेस युनियन अध्यक्ष धनबहादुर भण्डारीले सरकारले नै निर्मलाका हत्यारा लुकाएको आरोप लगाउदै तत्काल हत्यारा लाई सार्वजनिक गरी पिडित लाई न्याय दिन जोडदार माग गरे ।

प्रतिकृया दिनुहोस
SITENAME

घना जंगल लेक क्षेत्रमा हिमपात सुरु

रेडियो सुदूर आवाज बिहिबार मंसिर २७, २०७५ डडेल्धुरा - अग्ला पहाड तथा घना जंगल भएका लेक क्षेत्रमा हिमपात सुरु भएको छ । बुधबार बिहानै देखि भएको मौसम बदली

SITENAME

ग्रामिण भेगमा एकिकृत घुम्ति शिविर सञ्चालन हुदा स्थानियलाई फाईदा

कञ्चन थापामगर बिहिबमर मंसिर २७, २०७५ डडेल्धुरा- भागेश्वर गाउपालिकामा सञ्चालित एकिकृत घुम्ति शिविर बाट स्थानिवासीले घर आगनमै सदरमुकामको सेवा पाएका

SITENAME

शैक्षिक गुणस्तरका लागी कुमारी बंैक द्धारा सामाग्री हस्तान्तरण

रेडियो सुदूर आवाज मंगलबार मंसिर २५, २०७५ डडेल्धुरा- संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कुमारी बैंक डडेल्धुराले बिद्यालय लाई शैक्षिक सामाग्री