अभिभावकलाई विद्यालयमा सक्रिय गराउन दौत्तरी शिक्षा 

SITENAME

रेडियो सुदूर आवाज

मंसिर ११, २०७५ मंगलबार डडेल्धुरा – सामुदायिक बिद्यालयमा अभिभावकहरुको सक्रियता बढाउन राष्ट्रिय प्रारम्भिक कक्षामा अध्ययन गरिरहेका बालवालिकाहरुका अभिभावकहरु लाई दौत्तरी शिक्षा तालिम दिईदै छ । सात वटा सन्देश प्रभाह हुने गरि अभिभावकहरु लाई दौत्तरी शिक्षा तालिम दिनका लागि मगंलवार देखि डडेल्धुराका ७९ वटा बिद्यालयका शिक्षक तथा स्रोत व्यक्तीहरु लाई तालिम प्रदान भईरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्याक्रमले जनाएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाहरु नेपाली भाषाको पठन सीपलाई दिगो र प्रभावकारी वनाउन अभिभावकहरु लाई दौतारी शिक्षा तालिम आवश्यक रहेको शिक्षा विकास तथा समन्वय कार्यालय डडेल्धुराका निमित्त प्रमुख नारायण भट्टले बताए ।
जिल्लाका २ सय ५१ विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएको छ । भने ७९ वटा बिद्यालयमा बिद्यालय व्यवस्थापन समिती अनुदान कार्यक्रम लागु भएको छ ।  ७९ वटा विद्यालयका अभिभावकहरु लाई बिद्यालयमा स समान सहभागिता बढाउन सरोकारवाला शिक्षकहरु लाई तालिम सचांलन गरिएको हो । 
अभिभावकहरु लाई तालिम दिनका लागि सोही विद्यालयका ईजिआर शिक्षकहरुलाई तालिम प्रदान भई रहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला सयोजक कृष्ण बोहराले बताए । शिक्षकले तालिम पाई सके पछि आफ्ना विद्यालय सगं सम्वन्धित प्रारम्भिक कक्षाका २५ अभिभावकहरु लाई दौतारी शिक्षा तालिम दिनु पर्ने उनले बताए ।
शैक्षिक गुणस्तर न्युन रहेका जिल्लाका ७९ वटा विद्यालय रहेका छन । पढाईमा अति कमजोर र लक्षित समुदाय दलित, जनजाती, राउटे, आदिवासीका बालवालिका अध्ययनरत १ देखि ३ कक्षा सम्मको शैक्षिक गुणस्तर न्युन आधारमा ति बिद्यालयहरु छनौट गरि बिद्यालय व्यवस्थापन समिती अनुदान दिईएको राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमले जनाईएको छ ।
सोही बिद्यालय र अन्य सबैमा अभिभावकहरुको सक्रियता बढाउनका लागि समेत दौत्तरी शिक्षा तालिम प्रभावकारी रहने तालिममा सहभागि शिक्षकहरुले जनाएका छन । तालिम पश्चात प्रारम्भिक कक्षाका अभिभावकहरुले बालवालिकालाई निरन्तर बिद्यालय पठाउनु पर्ने, घर तथा कक्षाकोठामा पढाईकुना निर्माण, नियमित विध्यालय अनुगमन ,समाजमा अध्ययन केन्द्र निर्माण का साथै पढाइ घर तथा समाजमा पढाइ वतावरण तयार पर्नु पर्ने कुराहरु का वारेमा जानकारी पाएको सहभागी शिक्षकहरुले वताउनु भयो ।
७९ बिद्यालयहरुलाई रु दूई लाखका दरले विव्यस अनुदान प्रदान गरिने र अन्य विध्यालयमा पनि अभिभावकहरुका लागि दौतरी शिक्षा कार्यक्रम सचांलनमा रहेको लुनिभा वालसरोकार समुह फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।
बालवालिकाको पढाई लाई दिगो र प्रभावकारी बनाउन अभिभावकहरुको बिद्यालयमा समान सहभागिता गराउनका लागि उनिहरुलाई तालिम दिनु पर्ने जरुरी रहेको लुनिभा अन्तर्गत रहेको ईजिआर कार्यमका जिल्ला संयोजक हर्क ऐरले बताए ।
जिल्लाका सवै बालवालिकाको पढाइ क्षमता विकास गर्नका लागि अभिभाकलाई दौत्तरी शिक्षा, बिद्यालय व्यवस्थापन समितीलाई अनुदान, बिद्यालय सुधार योजना अध्यावधिक जस्ता कार्य भई रहेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय डडेल्धुराका निमित्त प्रमुख भट्टले बताए ।
प्रारम्भिक  कक्षा  पढाइ कार्यक्रमलाई प्रभावकारी रुपमा सँचालन र दिगोपनाका सात वटै स्थानिय तहमा रहेका विध्यालयहरुमा दौतरी शिक्षा र अन्य विध्यालय तथा समुदाय स्तरिय गतिविधीहरु भई रहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सचांलन गरि रहेको लुनिभा वालसरोकार समुह डडेल्धुराले जनाएको छ ।
प्रारम्भिक तहका कक्षामा बालवालिकाको पठनशीपमा सुधारका लागि छापामय वातावरण निर्माण, दौत्तरी शिक्षा तालिम सचांलन, पढाई कुना निर्माण, पढाइ मेलाको आयोजना समेत भई रहेको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

विकास निर्माणमा राजनिती नगर्न गाउपालिका अध्यक्ष मल्लको अनुरोध

रेडियो सुदूर आवाज धनबहादुर भण्डारी  माघ २७, २०७५ डडेल्धुरा – सबै विकासका काम सम्पुर्ण जनताका लागि समान भएको भन्दै गन्यापधुरा गाउपालिकाका

SITENAME

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

रेडियो सुदूर आवाज  माघ २७, २०७५ आइतबार डडेल्धुरा – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको

SITENAME

शैक्षिक गुणस्तर बृद्धिमा अग्रसर बन्दै अमरगढी नगरपालिका 

पुष्कर भण्डारी माघ २६, शनिबार २०७५ डडेल्धुरा- शिक्षाको गुणस्तर बृद्धिका लागी अमरगढी नगरपालिकाले शैक्षिक गतिबिधी लाई तिब्रता दिएको छ । शैक्षिक