कम्युनिष्ट सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा दिई दुःखी नेपाली बनायो 

SITENAME

रेडियो सुदूर आवाज
सोमबार मंसिर १०, २०७५
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सामानुपातिक सभासद डा. डिला संग्रौलाले वर्तमान सरकारले ९ महिनाको अवधिमा जनप्रिय काम गर्न नसकेको बताएकी छन् । निर्मलाका लागी न्याय भन्दै सुदुरपश्चिमका जिल्लाको भ्रमणमा रहेकी संग्रौलालो सोमबार डडेल्धुरा सदरमुकाममा कार्यकर्ता भेटघाटका क्रममा सरकारले लोकतन्त्रमाथि दमन गरिरहेको आरोप लगाईन ।
नेकपा गठबन्धनको वर्तमान कम्युनिष्ट सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीको’ नारा दिई दुःखी नेपाली बनाएको  आरोप उनको छ । ‘नेपाली जनताले पाउनु पर्ने शान्ति सुरक्षा, समृद्धि र विकास यो सकारले दिन सकेको छैन।’ उनले भनिन्,‘समृद्ध नेपाल, सुखी नेपाली’ होइन, लोकप्रिय नारा दिदै यो सरकारले दुःखी नेपालीमा रुपान्तरण गरेको छ।’
प्रतिनिधिसभा सदस्य डा.संग्रौलाले केपी शर्मा ओली नेतृत्वको सरकारले न्ययापालिका र प्रेस स्वतन्त्रता जस्ता स्वतन्त्र निकायलाई ध्वस्त पारेर न्याय मार्न खोजेको आरोप लगाइन् । सरकारले आफ्नो घोषणा पत्रअनुसार काम गर्न नसकेको उनको दाबी छ । 
उनले वर्तमान सरकारले नौं महिनामा जनतालाई महंगीको उपहार दिएको बताइन् । दोहोरो कर, महंगी, मुल्य वृद्धि जस्ता कारणले जनताले सरकारको अनुभुति गर्न नपाएको उनको भनाइ थियो । संघीयतालाई कमजोर पार्ने काम पनि सरकारले गरिरहेको उनको आरोप छ । संघीयता कार्यान्वयन कांग्रेसको मुद्धा भएको उल्लेख गर्दै उनले यसलाई कान्र्यान्वयन गरेर अगाडि लैजाने कांग्रेसको जिम्मेवारी भएको बताइन् ।


‘लोकतन्त्रमा सरकारले दमन गरिरहेको छ,’ उनले भनिन्, ‘प्रधानन्यायधीशलाई झुठो आरोप लगाउनु र पत्रकार जेल हाल्नु राम्रो होइन । यस्तो गर्ने सरकार सँग न्यायको आस गर्न सकिने कुरै भएन ।’ नेपाल महिला संघकी पूर्व अध्यक्ष समेत रहेकी संग्रौलाले सिंहदरबार र बालुवार बाटै न्याय मारेर अपराधिलाई संरक्षण गर्ने गरिएको समेत उनको अरोप छ ।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका आफन्तले चार महिना सम्म आन्दोलन गर्दा पनि सरकारले वास्ता नगर्दा पीडितलाई झन पीडा भइरहेको उनले बताइन् । न्याय माग्दा निर्मलाका बुवाले मानसिक सन्तुलन गुमाउनु परेको उल्लेख गर्दै उनले अपराधिलाई सरकारले संरक्षण गरि रहेको बताईन । प्रधानमन्त्री र गृहमन्त्री बाटै निर्मलाकाण्डका अपराधिलाई संरक्षण मिलिरहेको उनको भनाइ छ ।
‘यति सम्म आन्दोलन भयो । न्यायाको वातावरण बन्न सकेको छैन्,’उनले भनिन्, ‘अपराधिलाई जति पनि लुकाएर राख्ने काम बालुवाटारको कुर्चीबाट भएको छ, सिंहदबारको कुर्चीबाट भएको छ । प्रधानमन्त्री र गृहमन्त्री बाट नै संरक्षण गर्ने काम भएको छ।’ निर्मलाको न्यायका लागि दोषीलाई पक्राउ गर्नु वा गृहमन्त्रीले राजीनामा दिनुको विकल्प नरहेको उनको भनाइ थियो । 


निर्मलाका लागी न्याय माग्न विभिन्न जिल्लाहरमा अभियानको थालनी गरेकी संग्रौलाले सुदूरपश्चिममा कञ्चनपुर बाट अभिायनको थालनी गर्दै डडेल्धुरा पुगेको बताउदै सुदूरपश्चिममा अभियानको अन्तिम कैलालीको धनगढीमा मुख्यमन्त्रिको कार्यालय घेराउ गरि निर्मालाका लागी न्याय माग्ने बताईन । 
उनले कांग्रेसभित्र गुटबन्दी गरेर कांग्रेस पार्टीमा मेहनत पसिना बगाएका कार्यकर्ताको अपमान गरेर कांग्रेस अगाडि जान नसक्ने बताइन् । कांग्रेसलाई पुरानो अवस्थामा फर्काउनको लागि गुटबन्दी त्याग्नु पर्ने उनको धारण थियो । अबका दिनमा कांग्रेस एकिकृत भएर अगाडि बढ्नु पर्नेमा उनको जोड छ । 

प्रतिकृया दिनुहोस
SITENAME

राजीनामा दिए नेविसंघ अध्यक्ष नैनसिंह महरले

रेडियो सुदूर आवाज माघ २८, २०७५  सोमबार – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ ।  नेविसंघको महाधिवेशन हुन

SITENAME

रहेन्न नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका संस्थापन समयका नेता अवस्थी

रेडियो सुदूर आवाज दिपेन्द्र अवस्थी  माघ १५,२०७५ मंगलबार डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराको संस्थापनकालीन समयका नेता भवानी दत्त

SITENAME

कतारमा नेपाली कांग्रेस सुदूरपश्चिम जनसम्पर्क समिति 

रेडियो सुदुर अवाज न्युज डेस्क  माघ १२, २०७५ शनिबार कतारमा रहेका सुदूरपश्चिमेली कांग्रेस समर्थकहरुले जनसम्पर्क समिति गठन गरेका छन् । जनसम्पर्क