पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन

SITENAME

रेडियो सुदूर आवाज

कार्तिक १८, २०७५ काठमाडौँ — पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ ।
पूर्वमन्त्री एवम् वरिष्ठ बामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक तथा सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तिको रुपमा तुलाधरलाई स्मरण गर्दै उहाँको निधनले मुलुकलाई ठूलो क्षति पुर्‍याएको बताउनु भयो । उहाँले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति समवेदनासमेत व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायतका नेताहरु पनि स्वर्गीय तुलाधरको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि दिन अस्पताल पुग्नु भएको थियो ।

मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार गराउने क्रममा तुलाधरको आइतबार दिउँसो निधन भएको हो । मानव अधिकारवादी नेताका रुपमा समेत पहिचान बनाउनु भएका ७८ वर्षीय तुलाधर मुटु, फोक्सो र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।

मुटु र फोक्सोले काम गर्न छाडेपछि तुलाधरको निधन भएको अस्पतालले जनाएको छ । उहाँलाई मस्तिष्कघात भएपछि गएको शुक्रबार माइतीघरको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा तुलाधरको मृगौलामा समेत समस्या देखिएपछि नर्भिक अस्पतालको आईसियूमा सारिएको थियो ।

अहिले स्वर्गीय तुलाधरको पार्थिव शरीरलाई उहाँको आफ्नै निवास लाजिम्पाटमा राखिएको छ । भोली सोमबार मात्रै उहाँको अन्त्यष्टि गरिनेछ ।

स्वर्गीय तुलाधरले तत्कालीन माओवादी विद्रोहीलाई राजनीतिक मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । तत्कालीन कम्युनिष्ट पार्टीहरुको समर्थनमा जनपक्षीय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत बन्नु भएका तुलाधर प्रखर वक्ताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भएपछि तुलाधरले सूर्य चिन्ह लिएर चुनाव लडदै दुई पटक सांसद हुनु भएको थियो । उहाँले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो । स्वर्गीय तुलाधरका श्रीमति, २ छोरा र २ छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

आन्दोलन दबाउन खोजे अर्काे आन्दोलनमा ओलीले उत्रिनु पर्ने कांग्रेसको चेतावनी

रेडियो सुदूर आवाज मंगलबार साउन १५, २०७५ डडेल्धुरा- अधिनायक वादि सरकारले शिर्जना गरेको चर्काे मुल्य बृद्धि भ्रस्टाचार कुसासन श्रीजना गरेको भन्दै

SITENAME

प्रदेश ७ मा २१ कानून निर्माण

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ कैलाली- प्रदेश नम्बर ७ मा ५ महिनाको अवधिमा २१ वटा प्रदेश कानून निर्माण भएको छ । प्रदेश सरकार गठन भए देखि ऐन,

करारमा कर्मचारी राख्ने चेतावनी

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ धनगढी- केन्द्रले सरकारी कार्यालय र तिनमा कार्यरत जनशक्ति घटाउने तयारी गरे पछि प्रदेश ७ सरकारले करारमा कर्मचारी