प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

SITENAME

रेडियो सुदूर आवाज   
पुष्कर भण्डारी

कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५ बिहिबार देखि सुरु भएको छ । बैतडीको देहीमाण्डौ स्थित निङ्गलाशैनी मैदानमा सुरु भएको हो । बिहिबार सुरुवातको पहिलो खेल दोगडा केदार गाउपालिका र सिंगास गाउपालिका बिच भएको प्रतिशपर्धामा दोगडा केदार लाई सिगासले ७९ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिंग रोजेको सिगास गाउपालिकाले २० ओभरको निर्धारित खेलमा दोगडा गाउपालिका लाई ७ विकेटको क्षतिमा १ सय ८१ रनको लक्ष्य प्रश्तुत गरेको थियो । 
सिगासका लागी नरेस चन्दले सर्वाधिक २४ बलमा ४२ रनको योगदान दिए । मोहित भण्डारीले ३६ रन, चन्द्र रावलले २८ रन जोड्दै दोगडा केदार लाई १ सय ८१ रनको लक्ष्य दिएको हो । 
जवाफी ब्बयाटिंगमा उत्रिएको दोगडा केदारले १९ दशमलव १ ओवरमा सबै विकेट गुमाउदै १ सय १ रनमा सिमित रह्यो । दोगडा केदारका लागी रमेश भट्ट १७ रन, नविन चन्द १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन्न । बिहिबारको पहिलो प्रतियोगितामा म्या अफ द म्याच सिगास गाउपालिकाका नरेश चन्द घोषित भए ।
प्रतियोगिता अन्तरगत शुक्रबार हुने पहिलो खेल सुर्नाया गाउपालिका र दशरथ नगरपालिका बिच हुदा अर्काे प्रतियोगिता आयोजक निङ्गलाशैनी क्रिकेट क्लव र दोगडा केदार बिच हुने आयोजक निङ्गलाशैनी क्रिकेट क्लवका रोशन बोहराले बताए । 

 

क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै पुर्व अर्थराज्य मन्त्रि तथा संघिय सांसद दामोदर भण्डारीले खेलकुदले समग्र समाजको विकासमा टेवा पु¥याउने भएकाले सबैले यस्ता प्रतियोगितासञ्चालनका लागी सहयोग गर्नु पर्ने बताउदै आफु यसमा कटिबद्धको जनाए । उनले भने, अहिले सम्म कसले के ग¥यो गरेन भन्दा पनि अबका दिन खेलकुद क्षेत्रको विकासका लागी आवश्यक बजेट तथा निति कार्वान्वयन गर्ने प्रतिबद्धता जनाए ।