नवलपरासी बस दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो 

SITENAME

रेडियो सुदूर आवाज
आइतबार, ०४ कार्तिक २०७५


कावासोती – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो।

आइतबार बिहान सोदुर्घटना हुँदा दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन्। मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो। बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताए। दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस
SITENAME

आज काग तिहार, यमपञ्चक सुरु

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो

SITENAME

आज उपराष्ट्रपति पुनको चियापान कार्यक्रम

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना

SITENAME

आज शोभाभगवतीमा तुलाधरको अन्त्येष्टि

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको