दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

SITENAME

रेडियो सुदूर आवाज

असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला जिल्ला सदरमुकाम क्षेत्र भने सुनसान हुन थालेको छन् । अध्यन, जागिर तथा व्यापार गर्न सदरमुकाम पसेकाहरु दशैँको अष्टमि सम्म आइपुग्दा धमाधम जन्मभुमि गाउँतिर पस्न थालेपछि प्राय सुदूरपश्चिमका सबै जिल्लाका सदरमुकामहरु सुन सान बन्न थालेका हुन् । डडेल्धुरा सदरमुकाम क्षेत्रको बागबजारमा मात्र केही चहल पहल भएपनि डेरामा बस्दै आएका अधिकांश ग्रामिण भेगतिर गईसकेका छन् । सदरमुकामबाट छुट्ने गाडीहरुमा यात्रुहरु खचाखच भरिन थालेका छन् । 

उता डोटीमा पनि यस्तै रहेको छ । जिल्ला सदरमुकाम सिलगढीमा विभिन्न कामका लागी बसोबास गर्नेहरुको यतिबेला गाँउ फर्किनका लागी लर्को लागेको छ । सरकारी कार्यालयहरु पनि फुलपाति देखि बन्द भएपछि कर्मचारीहरु जिल्ला बाहिर तथा जिल्ला भित्रै रहेका आ–आपmनो गाउँ घर तिर प्रस्थान गरेका छन् ।

सुुदुरपश्चिम क्षेत्रकै बढी भिडभाड हुने तथा व्यस्त रहने कैलालीको धनगढी पनि दशैँको पुर्व सन्ध्यामै सुनसान भएको छ । धनगढीबाट बाहिरीनेको संख्या धेरै नै रहेको छ । विशेषगरी धनगढीबाट पहाडि क्षेत्रमा आउनेहरु बढी हुने गर्दछन् । धनगढी संगै मूख्य व्यापारीक केन्द्रहरु अत्तरीया, टिकापुर र लम्कि क्षेत्रमा पनि मानिसहरुको चाप घट्दै गएको छ । यस्तै कञ्चनपुरको महेन्द्रनगर, दार्चुलाको सदरमुकाम खंलगा लगाएत सुुदुरपश्चिमका अन्य जिल्लाका सदरमुकामहरु पनि अहिले सुनसान भइसकेका छन । दशैँपछि सदरमुकामहरुमा केहि मात्रामा चहलपहल बढ्ने भएता पनि तिहारमा फेरि उस्तै हुने गर्दछन ।
 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने