एकै परिवारका चार जनामा हात्तिपाईले, छाक टार्नै मुस्किल

SITENAME

पुष्कर भण्डारी
सोमबार असोज २९, २०७५

डडेल्धुरा- गन्यापधुरा गाउँपालिका वार्ड नम्बर १ जर्मनागाउँका बनबहादुर महतालाई हात्तिपाईले रोग भएको ३५ बर्ष भयो । उनी मात्रै होईन पछिल्लो समय उनका परिवारका अन्य तिन जनालाई पनि हात्तिपाईले रोग लागे पछि  उपचार अभावले घरमै थलिएका छन् ।
घरमा ४ जनामा हात्तिपाईले रोगको संक्रमणले सताए पछि उनीहरुले राम्रो उपचार पाउन सकेका छैनन् । बनबहादुर सहित उनका परिवारमा एक छोरी, दुई छोरामा हात्तिपाईले रोगको संक्रमण देखिएको छ । उनले नजिकै रहेका अस्पतालमा सानो तिनो खर्चमा उपचार गरे पनि राम्रो उपचार नभएको गुनासो गरे । भारतका विभिन्न अस्पतालमा पटक पटक उपचार गराएको भए पनि नेपालमा भने उपचार नगराएको महताले बताए । 
करिव १८ वर्षको उमेरमै हात्तिपाईले रोग बाट संक्रमित भएका महताका दुवै छोरा र एक छोरीलाई पनि १२ देखी १६ वर्षको उमेरमा हात्तिपाईले रोग देखा परेको थियो । 
नेपाली कांग्रेस सभापती तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडामै रहेको जर्मना गाउँका बनबहादुरको परिवारमा चार जनालाई हात्ती पाईले रोगले संक्रमण गरेको भए पनि  श्रीमती र बुहारीमा भने रोगले संक्रमण गरेको छैन । 
बनबहादुरका बुवा  र एक जना भाई लाई पनि हात्तिपाईले रोगको संक्रमण देखिएको थियो । रोगकै कारण भाईले आत्महत्या गरेको उनले बताए । आर्थीक अभावले थलिएको यस परिवारले अब उपचारमा सम्भव नभए पनि परिवार पाल्नका लागि सहयोगको आग्रह गरेका छन । 
उपचार सम्भव छैन महताले भने, साझ बिहान हात मुख जोर्नका लागि पनि समस्या भएको छ । रोग बल्झीएको समयमा दुई महिना सम्म ओछ्यानमै बस्नु पर्ने हुन्छ, जसका कारण घरको कामकाज हुन नसक्दा साझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको उनले बताए । 
जेठो छोरा घरमै रहेको भए पनि कान्छो छोरा घर बाहिर बस्ने गरेको उनि बताउछन । हाल सम्म स्थानिय सरकारले पनि आफुहरुको समस्याका बारेमा कुनै चासो नदिएको उनले दुःखेसो पोखे । 
गाउ भरी सबैमा महान चाँड दँशै तिहारको रौनक छ । सबै रमाई रहेका छन आफुहरु भने एक छाक टार्न धौ धौ भएको छ । यस्तो समयमा कहा को संग गएर के भन्ने आफ्नो दुः आफै संग छ ।  
खेतबारीको काम गर्न सकिदैन, बनबहादुरका छोरा प्रकाश महताले भने, घरमा आमा र श्रीमतीले मेलोपात गरेर मात्रै आफुहरुलाई एक छाक खानका लागि सम्भव भएको छ । नत्र भोक भोकै बस्नु पर्दथ्यो अथवा अहिले सम्म मरि सक्थे । उनले भने, देश बाट हात्तिपाईले नियन्त्रण भएको सरकारले घोषणा गरे पनि एकै परिवारका चार जना  सदस्यहरु हात्तिपाईले बाट थला पर्दा समेत कुनै निकायले उपचारका लागि सहयोग गरेको छैन । 
दैनिक रोग थप बल्झीने गरेका कारण बाच्न न मर्नु पर्ने अवस्था आईरहेको उनले बताए । रोगका कारण उनिहरु दैनिक कामकाज समेत गर्न सक्दैनन् । दैनिक कामकाज गर्न  नसकिदाँ परिवार पाल्न समेत धौ धौ भएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस
SITENAME

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा जाँतको रौनक, चौलेले प्रख्यात बडाल जाँत सम्पन्न फोटो (फोटो फिचर)

पुष्कर भण्डारी मंसिर २, आईतबार डडेल्धुरा- डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुश्रमा आजभोली धार्मिक शक्तिपिठको पुजा आजा जाँत संगै लाग्ने

SITENAME

जोखिम बाटोमा हिडडुल गर्न बाध्य सदरमुकामवासी 

रेडियो सुदूर आवाज मंसिर १, आईतबार २०७५ डडेल्धुरा- हिड्ने बाटो राम्रो नहुदा जिल्ला सदरमुकामवासी जोखिम मोलेर हिडडुल गर्न बाध्य छन । बजार भित्रका टोल

SITENAME

भागेश्वरमा जिप दुर्घटना, दुईको घटना स्थलमै मृत्यु, घाईते ५ जनाको थप उपचारका लागी कैलाली रेफर

रेडियो सुदूर आवाज शनिबार मंसिर १, २०७५ डडेल्धुरा- भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । १२ घाईते