डडेल्धुरामा शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक ; पूर्वमन्त्री साउद

SITENAME

 रेडियो सुदूर आवाज

असोज २५, २०७५ डडेल्धुरा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व सिंचाइ मन्त्री एनपी साँउदले मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक भएको बताएका छन् ।

बिहीबार स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराले आयोजना गरेको दोस्रो स्ववियु कप खुला पुरुष भलिबल प्रतियोगितको उद्घटनामा बोल्दै उनले स्वस्थ शरीरमा मात्रै स्वस्थ मस्तिष्कको बास हुने उल्लेख गर्दै पूर्वमन्त्री साँउदले युवा र बालबालिलाई खेल क्षेत्रमा लगाउनु पर्ने बताए । युवाहरुलाई सकारात्मक काम लगाउनका लागि यस्ता किसिमका प्रतियोगिता आयोजना हुनु पर्ने उनको भनाइ छ । 


खेल जीवनबाट मान्छेले जीवनभरी व्यायाम गर्नु पर्छ भन्ने शिक्षा प्राप्त गर्ने उनले बताएका छन् । साथै उनले खेलकुदबाट मानिसहरुले अनुशासन सिक्ने पनि बताएका छन् । ‘खेलकुदबाट मानिसहरुले जीवनमा अनुशासन सिक्छन् । गतिसिलताको विकास हुन्छ ।’ उनले भने,‘ खेलकुदबाट शारीरिक क्षमताको पनि विकास हुन्छ ।’ खेलकुदलाई सामाजिक र विद्यालय तहमा स्थापित गरेर लैजानु पर्नेमा उनको जोड थियो । उनले स्थानीय तहहरुलाई पनि खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिन आग्रह गरेका छन् । 


कार्यक्रममा अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले खेलकुदले विभिन्न क्षेत्रमा रहेका खेलाडीहरुलाई एक ठाउँमा जमघट गराएको बताएका छन् । अहिलेको समयमा खेदकुलको निकै महत्व रहेको उल्लेख गर्दै नगरप्रमुम ओझाले खेलकुदलाई स्थानीय सरकारहरुले प्रथमिकताका साथ लैजान खोजेको बताएका छन् । 


गत वर्ष अमरगढी नगरपालिकाले ‘मेयर कप’ भलिबल आयोजना गरेको बताउँदै उनले यस बर्ष पनि नगरभित्रका विद्यालयको सहभागिता हुने गरी आयोजना गर्ने जानकारी समेत दिएका छन् । युवाहरुले सकारात्मक सोचका साथ मुलुकको समृद्धिका निम्ती जिम्मेवार नागरिकका ढंगले आफ्नो भूमिका निर्भाह गर्न जरुरी रहेको उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने