मृत भेटिएका ईन्द्र ताम्राकारको अनुसन्धान फितालो

SITENAME

रेडियो सुदूर आवाज

असोज २५, २०७५ डडेल्धुरा - डडेल्धुराको अमरगढी ६,७ को सिमाना गुनेगाड खोलमा असोज  २ गते मंगलबार मृत फेला परेका २१ बर्षिय ईन्द्र ताम्राकारको घटना अनुसन्धान फितलो भएको छ । खोला छेउमा मृत भेटिएका मृतका आफन्ताले हत्या भएको ठहर गर्दै आए पनि घटनाको एक महिना पुग्न लाग्दा प्रहरीले कुनै प्रमाण फेला पार्न सकेको छैन भने । अनुसन्धानमा पनि उदासिनता देखाएको मृतका आपन्तको गुनासो छ । प्रेस युनियन डडेल्धुराको समन्वयमा बिहिबार पत्रकारहरुको टोलीले घटना स्थल पुगी अध्ययन गर्दा मृतकका आफन्तले उनको हत्या गरिएको भन्दै प्रहरीले अनुसन्धानमा उदासिनता देखाएको दुःखेसो पोखे ।
मृतकका बुवा तुला ताम्राकारले हाफ्नो छोराको हत्या नै भएको बताउदै हत्यारा पत्ता लगाउत तत्काल प्रहरीले चासो नदिदा अनुसन्धान जटिल बनेको आरोप लगाए । 

तुला ताम्राकार आवाज...... 

http://radiosudoorawaz.com.np/uploads/news/images//Tula_Tamrakar_Voice.mp3

असोज २ गते शव मंगलबार बेलुका नै पोष्टमार्टमका लागी उप क्षेत्रिय अस्पताल पु¥याईएको थियो । उनको दुर्घटना नभई हत्या भएको हुन सक्ने आफन्तले जनाए पछि दुई दिन शव अस्पतालमै रहेको थियो । हत्याको आशंका गरिएकाले पोष्टमार्टम सम्म हुन नदिएका उनका आफन्त संग जिल्ला समन्वय समिती संयोजक गणेशराज भट्ट, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डम्बर केसी लगायतका सरोकारवालाहरुले घटनाको सत्य तथ्य बाहिर ल्याउन कानुनी अनुसन्धानमा कुनै कसर बाँकी नरहने प्रतिबद्धता गरे पछि मृतकमका आफन्तले बिहिबार शव बुझेका हुन । 
मृतकका आफन्तले हत्या नै भएको दावि गर्दै कानुनी अनुसन्धानमा फितलो भए वा आलटाल गर्न खाजे सडकमा उत्रने चेतावनी दिएका छन । 


मृत फेला परेका ताम्राकार गत भदौ ३० गते बझांगकको बित्थड बाट घर फर्किएका थिए । उनि बेलुका साढे ६ बजे बित्थड बाट गाढी चढेको उनका वुवा तुलाराम ताम्राकारले बताए । बित्थड बाट डडेल्धुरा सदरमुकाम पुग्न करिब अढाई देखि ३ घण्टा सम्म समय लाग्ने गरेको छ । घर जान राती करिब नौ बजे अमरगढी ७ पोखरा बजार पुगेको स्थानिय तथा व्यपारी तेज कैनीले बताए । 
राती करिब नौ १० बजेको समयमा पोखरा बजार बाट घर तर्फ हिडेका ताम्राकारको मंगलबार दिउसो पोखरा बजार नजिकै अमरगढी ६,७ को सिमाना खोला गुनेगाडमा शव फेला परेको थियो । मंगलबार नै प्रहरीले मुचुल्का उठाई शव पोष्ट मार्टमका लागी अस्पताल पु¥याए पनि शंकासपद अवस्थामा शव फेला परेकाले हत्या भएको जनाउदै उनका आफन्तले हत्यारा पत्ता नलागेञ्जेल सम्म शव बुझ्न मानेका थिएन्न । 


पोखरा बाट दुमडा गाउ जाने कच्चि मोटर सडक बाटो रहेको छ । सडक बाट ३८ मिटर तल खोलामा उनको शव फेला परेको प्रहरी नायव उपरिक्षक केसीले बताए । खोला किनारमा उत्तानो परेको अवस्थामा शव थियो । उनले भने, मृतकको अनुसार पुर्ण रुपमा कालो भएको थियो भने सानो सानो किरा पर्न थालेको थियो । मंगलबार अबेर भईसके पछि बुधबार मात्रै घटना स्थलमा पुगी प्रहरीले अनुसन्धान थालेको उनले बताए । प्रहरीले भिर बाट लडेर ज्यान गएको वा हत्या गरी फालिएको भन्ने बिषयमा अनुसन्धान गर्न स्थानिय दुई जना संग अनुसन्धान थालेको उनले बताए । 
बुधबार भिर नापेको र घटना स्थलमा चप्पल पनि फेला परेको प्रहरी नायव उपरिक्षक केसीले बताए । 

 

प्रतिकृया दिनुहोस
SITENAME

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा जाँतको रौनक, चौलेले प्रख्यात बडाल जाँत सम्पन्न फोटो (फोटो फिचर)

पुष्कर भण्डारी मंसिर २, आईतबार डडेल्धुरा- डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुश्रमा आजभोली धार्मिक शक्तिपिठको पुजा आजा जाँत संगै लाग्ने

SITENAME

जोखिम बाटोमा हिडडुल गर्न बाध्य सदरमुकामवासी 

रेडियो सुदूर आवाज मंसिर १, आईतबार २०७५ डडेल्धुरा- हिड्ने बाटो राम्रो नहुदा जिल्ला सदरमुकामवासी जोखिम मोलेर हिडडुल गर्न बाध्य छन । बजार भित्रका टोल

SITENAME

भागेश्वरमा जिप दुर्घटना, दुईको घटना स्थलमै मृत्यु, घाईते ५ जनाको थप उपचारका लागी कैलाली रेफर

रेडियो सुदूर आवाज शनिबार मंसिर १, २०७५ डडेल्धुरा- भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । १२ घाईते