बझाङमा जीप दुर्घटना ३ को मृत्यु ; ६ जनाको अवस्था चिन्ताजनक

SITENAME

रेडियो सुदूर आवाज

असोज २३, २०७५ बझाङ्ग –  बझाङमा एक यात्रीवहाक जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मंगलबार बिहान बझाङको बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६ नम्बरको जिप बुंगल नगरपालिकाको वडा नम्बर–५, मिणीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

घटनास्थलमै कन्चनपुर, बेदकोट नगरपालिका–५ बस्ने ६५ वर्षीया विष्नादेवी बोहरा र कैलालीको घोडाघोडी नगरपालिका–५ का ५६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको थियो । उपचारकाक्रममा कन्चनपुरको बेदकोट नगरपालिका–५ का ३५ वर्षीय प्रेमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ जनाको अवस्था चिन्ताजनक
दुर्घटनामा परेका ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  गम्भीर घाइते बुंगल नगरपालिका–६ का नरेन्द्र कुँवर र कृष्ण कुँवर तथा बुंगल नगरपालिका–८ का धीरेन्द्र बोहरालाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

यस्तै, बेदकोट नगरपालिका–५ की माया बोहरा, चन्द्रसिंह बोहरा र चालक रणबहादुर खातीको देउरा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण खुल्ने सकेको छैन । गम्भीर घाइतेहरुलाई उपचारका लागि लैजान काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर मगाइएको छ ।डीबी विष्ट/सुदूरखबर

प्रतिकृया दिनुहोस
SITENAME

घना जंगल लेक क्षेत्रमा हिमपात सुरु

रेडियो सुदूर आवाज बिहिबार मंसिर २७, २०७५ डडेल्धुरा - अग्ला पहाड तथा घना जंगल भएका लेक क्षेत्रमा हिमपात सुरु भएको छ । बुधबार बिहानै देखि भएको मौसम बदली

SITENAME

ग्रामिण भेगमा एकिकृत घुम्ति शिविर सञ्चालन हुदा स्थानियलाई फाईदा

कञ्चन थापामगर बिहिबमर मंसिर २७, २०७५ डडेल्धुरा- भागेश्वर गाउपालिकामा सञ्चालित एकिकृत घुम्ति शिविर बाट स्थानिवासीले घर आगनमै सदरमुकामको सेवा पाएका

SITENAME

शैक्षिक गुणस्तरका लागी कुमारी बंैक द्धारा सामाग्री हस्तान्तरण

रेडियो सुदूर आवाज मंगलबार मंसिर २५, २०७५ डडेल्धुरा- संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कुमारी बैंक डडेल्धुराले बिद्यालय लाई शैक्षिक सामाग्री