पत्रिका जलाउने लाई कार्वाहीको माग गर्दै मुख्य मन्त्रि लाई ज्ञापन पत्र

SITENAME

रेडियो सुदूर आवाज
शुक्रबार असोज १९, २०७५

डडेल्धुरा - कैलालीको अत्तरियामा विभिन्न पत्रपत्रिका जलाईएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले सुदूरपश्चिमका मुख्यमन्त्रि लाई ज्ञापन पत्र पठाएको छ । सुदूरपश्चिमको स्थाई राजधानी गोदावरीको तेघरी स्थित वन जंगल भएको क्षेत्रमा तोकिए पछि नागरिक, कान्तिपुर, अन्नपुर्ण, काठ्माण्डौ पोष्ट लगायतका पत्रिकाहरुमा समाचार प्रकासित पछि गोदावरिका विरुद्ध समाचार लेखेको आरोप लगाउदै गत बुधबार बिहान कैलालीको अत्तरियामा केही प्रेस स्वतन्त्रता विरोधी र अपराधिक तत्वले गाडी र पसल बाट पत्रिका थुती जलाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै जिल्ला प्रशासन कार्यालय मार्फत प्रेस युनियनले शुक्रबार मुख्यमन्त्रि लाई ज्ञापन पत्र पठाएको हो । 


प्रदेश ७ को संसदले दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानि गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानिय पत्र पत्रिकाले जंगल मासेर राजधानी बनाउदा पर्यावरणमा गम्भिर असर पुग्ने, चुरे क्षेत्र खतरामा, बाघको बाटोमा राजधानी लगायतका शिर्षक दिएर समाचार लखेका थिए । समाचारको बिषयलाई लिएर पत्रिका जलाईनु अत्यन्तै निन्दनिय कार्य हो । ज्ञापन पत्रमा भनिएको छ । पत्रिका जलाउने अपराधिक काममा संलग्न लाई प्रचलित कानुन अनुसार कडा कारबाही गर्न प्रदेश ७ सरकार संग जोडदार माग गर्दछौ ।


आम नागरिक लाई सुसूचित हुने अधिकार बाट बञ्चित हुने गरी पत्रिका जलाईएको घटना प्रेस स्वतन्त्रता माथिको नाँगो आक्रमण भएको हाम्रो ठहर छ । प्रेस युनियन अध्यक्ष धनबहादुर भण्डारी द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ । स्थायी राजधानी सम्बन्धि समाचार लाई लिएर पत्रिका जलाउनु लोकतन्त्र लोकतान्त्रिक शासन व्यवस्थामा सुहाउने कुरा होईन । समाचारमा प्रकाशित बिषयमा आफ्ना असहमती र असन्तुष्टि भए त्यसको सुसूचित हुन पाउने अधिकार माथिको प्रहार भएको प्रेस युनियनको निष्कर्ष छ । 


संविधानको धारा १९ ले दिएको अधिकार लाई समेत चुनौती दिदै भएको क्रियाकलापको जति निन्दा र भत्सर्ना गरेपनि कम हुने भन्दै प्रेस युनियनले घटनामा संलग्न लाई तत्काल पहिचान गरी कानुनको दायरामा ल्याउन सरकार र सरकोकार सबै निकायको ध्यानाकर्षण गराएको छ । अपराधिक क्रियाकलापमा संलग्नलाई अविलम्ब कारवाही हुन नसकेमा नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रिने विज्ञप्ति मार्फत चेतावनी दिन चाहान्छौ । ज्ञापन पत्रमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस
SITENAME

दशैँ नजिकिए सँगै डडेल्धुरा सदरमुकाम सुनसान 

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – हिन्दु नेपालीहरुको महान पर्व बडा दशैले सुदूरपश्चिमका ग्रामिण क्षेत्रहरुमा चहलपहल बढिइरहेका बेला

SITENAME

अमरगढी नगरपालिका सरसफाईमा जोड

रेडियो सुदूर आवाज असोज ३१, २०७५ डडेल्धुरा – अमरगढी नगरपालिकाले सदरमुकाम बागबजार, तुफानडाँडा, किर्तीपुर क्षेत्रको सरसफाईमा जोड दिएको छ ।

SITENAME

दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना

रेडियो सुदूर आवाज असोज ३०, २०७५ डडेल्धुरा – दंशै तथा तिहार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमहरुमा परिवर्तको कामना गरिएको छ । हिन्दु