आजदेखि ४ चलचित्र प्रदर्शनमा

SITENAME


रेडियो सुदूर आवाज
शुक्रबार भदौ १, २०७५ 

काठमाडौं - शुक्रबारदेखि  ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शनमा आएका छन् । रिलिज भएका चलचित्र हुन् मिष्टर भर्जिन, जय शम्भु  ब्ल्याक र १२ मासे  ।
तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपको कथा बोल्ने चलचित्र मिष्टर भर्जिन विशारद बस्नेतको निर्देशनमा तयार भएको हो ।  यसले  मल्टिप्लेक्समा अन्य चलचित्रको तुलनामा केहि बढी शो पाएको छ । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला सापकोटा, मरिष्का पोखरेललगायतका कलाकारको मुख्य भूमिका छ ।
त्यस्तै आजदेखि चलचित्र ‘जय शम्भु’ पनि रिलिज भएका छ । अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको त्रिकोणात्मक प्रेम झल्किने यो चलचित्रमा एक्सन र लभस्टोरी दुवैको मजा लिन सकिने छ । 
चलचित्र ‘ब्ल्याक’ पनि रिलिज भएको छ । आश्मा पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा प्रदीप श्रेष्ठको निर्देशन रहेको छ । चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजालको मुख्य भूमिका छ ।
त्यसैगरी आनदेखि नै देशभर प्रदर्शनमा आएको चलचित्र हो १२ मासे । लय संग्रौलाले निर्देशन गरेको यस चलचित्रमा जयकिशन बस्नेत, पूजा प्रधान, मरिचमान श्रेष्ठ,प्रदीप पाठक, सोनिक बास्तोल, सबनम दाहाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हास्य प्रधान चलचित्र १२ मासे पनि कमेडी जनरामा निर्माण भएको चलचित्र हो । जुवा तासमा बरालिएर हिडेका युवाहरुका कथालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा वासु न्यौपानेको छायांकन तथा अनन्त घिमिरेको सम्पादन रहेको छ । 
चलचित्र बजारमा  आशा गरिएका तिनै वटा चलचित्र एकसाथ रिलिज हुदा त्यसले चलचित्र युनिटलाई सफलता हात पार्न त्यति सहज भने छैन । तिनै चलचित्रले मल्टिप्लेक्समा आशा गरे अनुरुपको शो पाएका छैनन् । ती मध्ये कुन चलचित्रलाई दर्शकले रोज्छन त्यो भने हेर्न बाकि नै रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

निर्देशक दिपेन्द्र देउबा द्धवारा अभिनित जुम्ला जाने दाई को भिडियो सार्बजनीक

रेडियो सुदूर आवाज  दिपेन्द्र अबस्थी  सोमबार ८ असोज २०७५ डडेल्धुरा – कर्णाली प्रदेशको जुम्ला स्याउका लागी निकै प्रशिद्ध मानिन्छ । त्यस संगै

नाईं नभन्नु ल ५ को शिर्ष गीत 

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ चलचित्र ‘नाईं नभन्नु ल ५’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा मेलिना राइको स्वर, दिनेश थपलियाको शब्द,

SITENAME

३५ भइन् कट्रिना

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी बलिउडकी सुन्दर अभिनेत्री कट्रिना कैफ ३५ औं वर्षमा प्रवेश गरेकी छिन् । यसपटकको जन्मदिनमा उनी