उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दक्ष जनशक्तिको अभाव

SITENAME


रेडियो सुदूर आवाज
मंगलबार साउन २९, २०७५

डडेल्धुरा- प्रदेश नम्बर सातको पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै बिषेशज्ञ चिकित्सकको पदपुर्ती हुन सकेको छैन । अस्पतालमा एक जना मेसु सहित २१ जना कन्सलटेन्ट र १८ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा एक जना पनी कन्सलटेन्ट रहेका छैन्न । अस्पतालमा हाल ६ जना मात्र मेडिकल अधिकृत रहेको अस्पतालले जनाएको छ । उप क्षेत्रिय स्थापनाको पाँच बार्ष पुग्दा सम्म दरबन्दि अनुसारका चिकित्सकको पद पुर्ती हुन नसकेको अस्पतालको वार्षीक प्रतिवेदनको तथ्याङमा उल्लेख गरीएको छ ।
एक सय सैयाको उपक्षेत्रीय अस्पतालमा अहिले विभिन्न तहका गरी जम्मा एक सय २७ जना कर्मचारी रहेका छन । अस्पतालमा ४४ प्रकारका एक सय नौ  जना कमैचरी रहने व्यवस्था भए पनी विकास समिती मार्फत अन्य कर्मचारी थप गरि अस्पताल सञ्चालन गरिएको बार्षीक प्रतिवेदनमा उल्लेख छ । 


दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएका कारण उपक्षेत्रीय अस्पतालको उपचार गुणस्तरीय हुन सकेको छैन । बिषेशज्ञ चिकित्सक एवं दरबन्दि अनुसारका अन्य कर्मचारी अभावकै कारण रातीको समयमा ईमरजेन्सी तथा अन्य वार्डमा कुनै पनि कर्मचारी नरहेने गरेको अमरगढी नगरपालीका ५ का  वडा अध्यक्ष खेम राज पाठकको आरोप छ । 


उप क्षेत्रिय अस्पतालमा बिषेशज्ञ चिकित्सकको पद रिक्त रहदा डडेल्धुरा लगायत सात नं प्रदेशका अन्य छ पहाडी जिल्ला बिरामी उपचारका लागि कैलाली अञ्चल अस्पताल तथा नेपालगञ्ज सहित राजधानि काठ्माण्डौ एवं भारतका विभिन्न शहर जान बाध्य भएका छन् । अस्पतालमा भएका डा. पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको स्थानियको गुनासो छ । गरीब तथा विपन्न परिवारका लागी खोलिएको सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण आवश्यकता अनुसारको सेवा पाउन नसक्दा उपचारका लागी अन्यत्र जानु पर्ने बाध्यताले सेवाग्राहीहरु मर्कामा परेका छन् । 

बिषेशज्ञ चिकित्सकको पदपुती गर्न बारम्बार स्वास्थ्य मन्त्रालय लगायत सम्बन्धि सबै निकायमा धाउदा समेत चिकित्सकले डडेल्धुरा आउन नरुचाउने भएका कारण रिक्त पद पुर्ती हुन नसकेको अस्पताल व्यवस्थापन समिती अध्यक्ष लक्ष्मण सिंहको भनाई छ । पुर्व प्रधानमन्त्रि शेर बहादुर देउवाको कार्यकालमा बिषेशज्ञ चिकित्सकको पद पुर्तीका लागी बारम्बार घचघचाउदा समेत यता डा. आउनै मान्दैनन् भन्ने सुनियो, अध्यक्ष सिंहले भने, सरकारले ताकेता गदा समेत डा. आउन नमाने पछि कसरी रिक्त पद पुर्ती गर्ने यो निकै चुनौतीको बिषय छ ।  हाल अस्पतालमा दरबन्दि अनुसारका अर्थाेपेडिक डा.एक जना पनि छैन्न । उप क्षेत्रिय अस्पताल मेडिकल कन्सलटेन्सि एमडि डा. जितेन्द्र कंडेल र नवराज जोशी गरी दुई जनाको भरमा सञ्चालन हुदै आएको उनले बताए । अस्पतालले विकास समिती बाट केही समय पहिले बालरोग बिषेशज्ञ नियुक्त गरे पनि हाल भने त्यो पनि हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस
SITENAME

भागेश्वर गाउपालिकाको बगरकोटमा पहिलो पटक अल्ट्रासाउन्ड सेवा सुचारु

धनबहादुर भण्डारी मंगलबार साउन २९, २०७५ डडेल्धुरा- भागेश्वर गाउपालिकाको बगरकोट स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सुचारु गरिएको छ । यो

SITENAME

आमाहरु लाई स्तनपान सम्बन्धी शन्देस दिदै उप क्षेत्रिय अस्पताल

दिपेन्द्र अवस्थी सोमबार साउन २१, २०७५ डडेल्धुरा- अस्पतालमा रहेको आमाहरु लाई उप क्षेत्रिय अस्पतालले स्तनपान सम्बन्धि शन्देस दिएको छ । सप्ताहव्यापी

SITENAME

बालवालिकामा जण्डिसको प्रकोप बढ्यो

पुष्कर भण्डारी आईतबार साउन २०, २०७५ डडेल्धुरा- बर्षायाम संगै जण्डिसका बिरामी बढेका छन । पानि र खानपिनका कारण देखिने जण्डिसका बिरामी हिजो आज