भागेश्वर गाउपालिकाको बगरकोटमा पहिलो पटक अल्ट्रासाउन्ड सेवा सुचारु

SITENAME

धनबहादुर भण्डारी
मंगलबार साउन २९, २०७५

डडेल्धुरा- भागेश्वर गाउपालिकाको बगरकोट स्वास्थ्य चौकीमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सुचारु गरिएको छ । यो भागेश्वर गाउपालिका मै पहिलो अल्ट्रासाउण्ड सेवा हो । अल्ट्रासाउण्ड सेवा सुचारु गरिए संगै पेट सम्बन्धि समस्या तथा गर्भ जाँचका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको भन्दै ग्रामिण भेग भागेश्वर गाउपालिकावासी हर्षित भएका छन । 
यस अघि यस क्षेत्रका स्थानियले सामान्य चेक जाँचका लागि पनि घण्टौं लगाएर जिल्ला सदरमुकाममा रहेको उपक्षेत्रिय अस्पताल वा अन्य स्थानका अस्पतालमा जानु पर्ने बाध्यता थियो । सोमवार अल्ट्रासाउण्ड सेवाको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष कौशिला कुमारी भट्टले यस क्षेत्रका स्थानियहरुले सामान्य चेक जाँचका लागी पनि निकै टाँढा जानु पर्ने बाध्यता रहेका वेला गाउपालिकाले गाउमै अल्ट्रासाउण्ड सेवा दिन सफल भए पछि स्थानियलाई निकै राहत पुग्ने बताईन   । उनले भनिन, ग्रामिण भेगमा गरिब निमुखाहरुको बसाई यस गाउपालिकामा छ । यस कारण गर्भवती महिला, बृद्धबृद्धा, लक्षित समुदायकालाई निशुल्क स्वास्थ्य जाँच गरिने र अन्यलाई समान्य शुल्क लिई उपचार गरिने व्यवस्था गरिएको छ । 
पहिलो पटक अलट्रासाउण्ड मेसिन जडान गरि गर्भवती चेक जाँच शिविरको आयोजना गरी मेसिन सुचारु गरिएको गाउपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताए । भागेश्वर गाउपालिकाको सदरमुकामका रुपमा रहेको बगरकोट स्वास्थ्य चौकीमा नै अल्ट्साउण्ड सेवा सुचारु हुदा स्थानिय महिला तथा सर्वसाधारण हर्षित बनेका छन । स्थानियलाई पेट सम्बन्धिका समस्याका साथै नियमित गर्भ चेक जाँचमा पनि सजिलो हुने स्वास्थ्य प्रमुख शाहुको भनाई छ ।
सोमबार गर्भवती चेकजाँच शिविर समेत आयोजना गरि अल्ट्रासाउण्ड मेसिनको उद्घाटन गरिएको थियो। डडेल्धुराका पाँच वटा गाउपालिकाहरु मध्ये भागेश्वर गाउपालिकाले पहिलो पटक सो सेवा सचांलनमा ल्याएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दक्ष जनशक्तिको अभाव

रेडियो सुदूर आवाज मंगलबार साउन २९, २०७५ डडेल्धुरा- प्रदेश नम्बर सातको पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै बिषेशज्ञ

SITENAME

आमाहरु लाई स्तनपान सम्बन्धी शन्देस दिदै उप क्षेत्रिय अस्पताल

दिपेन्द्र अवस्थी सोमबार साउन २१, २०७५ डडेल्धुरा- अस्पतालमा रहेको आमाहरु लाई उप क्षेत्रिय अस्पतालले स्तनपान सम्बन्धि शन्देस दिएको छ । सप्ताहव्यापी

SITENAME

बालवालिकामा जण्डिसको प्रकोप बढ्यो

पुष्कर भण्डारी आईतबार साउन २०, २०७५ डडेल्धुरा- बर्षायाम संगै जण्डिसका बिरामी बढेका छन । पानि र खानपिनका कारण देखिने जण्डिसका बिरामी हिजो आज