आमाहरु लाई स्तनपान सम्बन्धी शन्देस दिदै उप क्षेत्रिय अस्पताल

SITENAME


दिपेन्द्र अवस्थी
सोमबार साउन २१, २०७५

डडेल्धुरा- अस्पतालमा रहेको आमाहरु लाई उप क्षेत्रिय अस्पतालले स्तनपान सम्बन्धि शन्देस दिएको छ । सप्ताहव्यापी रुपमा डडेल्धुरामा पनि मनाईदै आएको २६ औँ विश्व स्तनपान दिवसको अवसरमा उप उपक्षेत्रिय अस्पतालमा उपचार गराई रहेको महिलाहरुलाई स्तनपानको महत्व बारे जानकारी दिईएको हो । खास गरि प्रदेश नं ७ का महिलाहरुले अझै पनि बच्चालाई आवश्यक मात्रामा स्तनपान नगर्ने जनाउदै अस्पतालले बच्चा जन्मेको एक घन्टा भित्र बच्चा लाई स्तनपान गराउनु पर्ने बताईएको थियो । अझै पनि कयौ आमाहरुले ६ महिना नपुगी बच्चा लाई मह, पानी तथा अन्य जडिबुटीका रुपले औषधी जस्ता खानेकुरा दिने प्रचलन हटाउनु पर्ने भन्दै स्वास्थ्य कर्मि नौमी बुढाले, आमा र बच्चाको उज्वल भविष्यका लागी स्तपान अनिवार्य गराउनु पर्नेमा जोड दिईन । 


अमरगढि नगरपालीका स्वास्थ्य ईकाईको आयोजना तथा बहुउदेश्यीय बिकास समाजको आर्थिक सहयोगमा स्तनपान स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । 
कतिपय अवस्थामा महिलाहरुले घरायसी काम काज गर्दै र स्तनपान गराउदै आएकोमा उक्त प्रचलन हटनु पर्ने ग्रामिण महिला विकास एकता केन्द्र रुडुक द्धारा सञ्चालित सुआहारा कार्यक्रमका भरत गैरालको भनाई थियो । पोषण लगाएत हजार दिनका आमाहरुका लागी पटक पटक मिडियम क्लासहरु संचालन गरेको बहुउदेश्यीय बिकास समाज डडेल्धुरा अन्तरगतको अनुकुलन परियोजनाले जिल्लाका बिभिन्न ठाउहरुमा स्तनपान सम्बन्धी काम गरिरहेको भए पनि आमाहरुमा सरसफाई, कामको चापका कारण स्तनपानमा समस्या आएको बताउदै संस्थाका पोषण अधिकृत मुकुन्द चटौतले यस तर्फ आमा तथा परिवारका सदस्यले अनिार्य रुपमा ध्यान दिनु पर्ने बताए । 


अमरगडि नगरपालीकाका का स्वास्थ्य संयोजक लोकराज पन्त भने अमरगढि नगरस्वास्थ्यले पटक पटक नगरपालीकाका बिभिन्न क्षेत्रमा स्तनपान सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको बताउदै स्तनपान आमाको पहिलो र निःसुल्क खोप भएकोमा हरेक आमाहरुले बच्चा जन्मीएको एक घन्टा भित्र बच्चा लाई पहिलो बिगौती दुध खुवाउनु पर्ने औल्याए । स्तनपान श्सप्ताह यहि साउना १६ गते देखि २२ गते सम्म मनाईदै छ ।   

प्रतिकृया दिनुहोस
SITENAME

कुपोषणमा कमी आउन सकेन

रेडियो सुदूरआवाज सोमबार माघ १४, २०७५ डडेल्धुरा- डडेल्धुरामा कुपोषणमा कमि आउन सकेको छैन । पोषणका क्षत्रेमा सरकार तथा गैर सरकारी संघ

SITENAME

उप क्षेत्रिय अस्पतालमा ९३ जना कुष्ठ रोगीको उपचार

कञ्चन थापामगर माघ १३, आईतबार २०७५ डडेल्धुरा- नेपाल सरकारले सन २०१० मा कुष्ठ रोग निवारण भएको घोषणा गरे पनि प्रत्येक बर्ष कुष्ठ रोगका नँया विरामी भने

SITENAME

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दक्ष जनशक्तिको अभाव

रेडियो सुदूर आवाज मंगलबार साउन २९, २०७५ डडेल्धुरा- प्रदेश नम्बर सातको पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै बिषेशज्ञ