विशेष चिकित्सकको लाईसेन्स परीक्षामा ५४.४ प्रतिशत उत्तीर्ण

SITENAME

काठमाडौं, । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष चिकित्सकको लाईसेन्स परीक्षामा ५४ दशमलव ४ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले फागुन २६ गते लिएको चिकित्सक दर्ता परीक्षामा ३ सय २२ जना विशेष चिकित्सकको सहभागिता थियो ।

आइतबार सार्वजनिक गरिएको नतिजामा विशेष चिकित्सकहरुले ३९ विषयमा परीक्षा दिएकोमा १ सय ७३ जना मात्रै उत्तीर्ण भएका हुन् ।

प्रतिकृया दिनुहोस