आन्दोलन दबाउन खोजे अर्काे आन्दोलनमा ओलीले उत्रिनु पर्ने कांग्रेसको चेतावनी

SITENAME

रेडियो सुदूर आवाज
मंगलबार साउन १५, २०७५

डडेल्धुरा- अधिनायक वादि सरकारले शिर्जना गरेको चर्काे मुल्य बृद्धि भ्रस्टाचार कुसासन श्रीजना गरेको भन्दै मुख्य विपक्षी दल नेपाली कांग्रेसले मंगलवार डडेल्धुरामा बिरोध ¥याली  निकालेको छ । जनताहरुले तिर्नै नसक्ने गरि कर बृद्धी लगायत १०० औं मुद्दाहरुमा बिरोध प्रर्दशन गर्ने केन्द्रिय कार्यक्रम अनुसार पार्टी कार्यालय बाट जुलुष निकाली बागबजार परिक्रमा गर्दै सहिद भिमदत्त चोकमा पुगी कोणसभामा परिणत गरीएको कार्यक्रममा लाई सम्वोधन गर्दै तरुण दलका जिल्ला सभापति शेर वहादुर साँउदले सरकार एकात्मक र तानाशाह प्रवृतिको भएको आरोप लगाए । 


उनले संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनु पर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेको वताउदै महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको नागरिक अधिकारको हनन् गरेको तथा संवैधानिक अंगमा समेत हस्तक्षेप गरेको बताउदै नेकपा सरकाको चर्काे आलोचना गरे । 


कोण सभालार्ई सम्वोधन गर्दै नेपाली काँग्रेसका कार्यवहाक जिल्ला सवापती करुणकर भट्टले सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादको बाटोमा अघि बढेको बताए । भट्टले मुख्य विपक्षी दलको जिम्मेवारीका रुपमा सरकारले लगाएको कर तथा मुल्य बृद्धीको खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गरे अनुरुप डडेल्धुरामा पनि सरकारको अधिनायकवादि चरीत्रको विरोध गरेको बताए । नेकपा सरकारले सत्याग्रही माथी गोली प्रहार, उपसभामुख पद नछोडनु , राज्यका स्वतन्त्र निकायलाई प्रधानमन्त्री कार्यालयमा नियन्त्रित गर्नु, भ्रष्टाचारका घटना बढदै जानु, मिडिया आतंक, कुशासन र गैरजिम्मेवार अभिव्यक्ति लगायतका क्रियाकलापहरु राणा शासन पछिको क्रुर शासन सत्ताका साथै बिना श्रीपेचको राजा बन्न खोजेको उनले आरोप लगाउदै उनले भने जब कम्युनिष्ट अधिनायकवाद तर्फ लम्कन्छ आफै बिलय भएर जान्छ । यो कम्युनिष्टले शासन गरेका राष्ट्रहरुको साँचो उदाहरण हो ।


नेपाली काँग्रेसका नेता तथा प्रदेश नं. ७ का सांसद गोविन्दराज  बोहराले तत्कालिन कांग्रेस नेतृत्वको सरकारकाले गरेको ६५ वर्ष पुगेका नागरिकलाई बृद्ध भत्ता दिने तथा भूकम्प प्रभावित परिवारलाई प्रति परिवार १ लाख रुपैया राहत रकम थप गर्ने निर्णय तत्काल लागू हुनु पर्ने, महंगि घटाउनु पर्ने डा. गोविन्द केशीको माग लाई सरकारले सम्वोधन गर्नुपर्ने कुरामा जोड दिए ।  


सांसद गोबिन्दराज बोहराले नेकपा सरकारले दुई तिहाईको दम्भ देखाई श्रृंखाला बद्ध रुपमा प्रजातान्त्रि प्रक्रियामा आक्रमण गर्दै अघि बढेको आरोप लगाए । केपी ओली आन्दोलन गरेरै प्रधानमन्त्रि भएको बताउदै उनले आन्दोलन दबाउन खोजे अर्काे आन्दोलन ओली आफैले कांग्रेस विरुद्ध गर्नु पर्ने चेतावनी दिदै, उनले विरोध गर्न पाउने प्रजान्त्रिक अधिकारलाई कुण्ठित गरे नेकपा सरकार आफै सकिने बताए । 


कांग्रेस सरकारको विपक्षमा होईन तर जनतालाई दुः दिनु भन्दा सुख दिनु प¥यो भन्ने पक्षमा हामि उभिएका छौ, हामि अधिनायकवाद लाद्न पाईदैन भनेर हामि भनिरहेका छौ, उनले भने, गोबिन्द केसीको आन्दोलन कम्युनिष्टको विरोधमा थिएन, नेपाली जनताको पक्षमा गरेको हो, तर यो एउटा फुच्चे धम्कि दिने भन्दै प्रधानमन्त्रि ओलीले जुम्ला बाट प्रहरी बल प्रयोगगरी सत्याग्राहीलाई अपहर शैलीमा काठ्माण्डौ ल्याईनु अधिनायकवाद नभएर के हो । पछि सारा नेपाली आन्दालmन गर्न बाध्य भए पछि बल्ल नेकपा सरकारले डा. केसी संग वार्ता गरी सम्भौता भयो, यो सबैलाई थाहा नै छ । उनले भने यो त एउटा जल्दो बल्दो उहाहरण मात्रै हो । यस घटनामा अधिकांस नेपाली परिचित छन । नेकपा सरकारले दिनदिनै आक्रमण गरि हरेको छ, सांसद बोहराले भने, प्रधानन्याधिसको बहस पनि अहिले चर्चामा ल्याई रहेको छ, यो सरकारले प्रधानन्याधिसमा सिफरिस भएका जोशीलाई विभिन्न आरोप लगाउदै पंक्षाउन खोजेको उनले बताए ।