कारागारमा रहेकी युवतीबाट शिशुको जन्म

SITENAME

रेडियो सुदूर आवाज

शुक्रबार साउन ११, २०७५ झापा - जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् । 

कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् । 

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख निरौलाले बताउनुभयो । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् । इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो ।

झापा जिल्ला प्रशासन कार्यालयले उनलाई रु पाँच हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागारमा थुना परेकी हुन् ।  रासस 

प्रतिकृया दिनुहोस
SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक

SITENAME

कालिकोटमा आगलागीबाट ८७ घर जले

रेडियो सुदूर आवाज  पुस ९, २०७५ सोमबार   कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  ।

SITENAME

अपडेट ; नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गयो

रेडियो सुदूर आवाज मंसिर २८, २०७५ शुक्रबार  नुवाकोट – नुवाकोटको दुर्गम क्षेत्र घ्याङफेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान