बैंकको विकल्पमा सहकारी

SITENAME

कालिकोट, – पलाँता गाउँपालिकामा इमेल तथा इन्टरनेटको अभावमा बैंक नपुगेपछि सहकारी संस्थाले वित्तिय कारोबार गर्ने भएको छ ।

हिमचुली कृषि सहकारी संस्थाले सेवा कार्यालय विस्तार गरी वित्तिय कारोबार गर्न थालेको हो । रेमिटान्स, लघु वित्त, ऋण लगानी, बचत लगायतका कार्य सहकारीले नै गर्ने भएको छ । सहकारीले मोवाइल–फोन मार्फत रेमिटान्स सेवा सञ्चालन गर्न लागेको वरिष्ठ प्रबन्धक सिंहबहादुर शाहीले बताउनुभयो ।

तत्काल बैंक नआउने अवस्था भएकाले त्यसको विकल्पमा सहकारी गाउँपालिकामा आएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । दैनिक बचत गरी फजुल खर्चको अन्त्य गर्ने, व्यवसाय बढाउने, स्वरोजगार वृद्धि गर्ने लगायतका कार्य सहकारीले गर्ने सहायक प्रवन्धक ताराकुमारी पाण्डेले बताउनुभयो ।

सहकारी गाउँमा आउँदा लगानी बढ्ने र व्यवसायमा वृद्धि हुने स्थानीयले आशा गरेका छन् । हिमचुलीले जिल्लाभर ६ वटा सेवा कार्यालय विस्तार गरेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

पल्सर १५० ट्विन्स डिस्क डडेल्धुरा बजारमा पनि

रेडियो सुदूर आवाज मंगलबार साउन २९, २०७५ डडेल्धुरा- बजाज कम्पनीले बजारमा ल्याएको नयाँ मोटर साईकिल पल्सर १५० ट्न्सि डिस्क डडेल्धुराको बजारमा पनि लञ्च

SITENAME

आगामी आर्थिक वर्षको बजेट आज आउँदै

रेडियो सुदुर आवाज १५ जेष्ठ २०७५, काठमाडौँ – सरकारले आज आगामि आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गर्दैछ । आज अर्थमन्त्री डा युवराज खतिवडाले

SITENAME

रियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्योरियाल, रिंगिट, दिर्हाम स्थिर, कोरियन वनको मूल्य बढ्यो

काठमाडौं, – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै,