पश्चिम सेतीमा थ्री गर्जेजको लगानी अन्योल 

SITENAME

रेडियो सुदूर आवाज
बुधबार साउन ९, २०७५

काठमाडौं -सरकारले ७ सय ५० मेगावट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने निर्णय गरेपनि उसको लगानीमा अन्योल बढेको छ । विद्युत खरिद सम्झौता पीपीएमा विद्युत प्राधिकरणको शर्त पालना गर्न नसक्ने भन्दै थ्री गर्जेज आउन आनकानी गरिरहेको लगानीबोर्ड श्रोतले जनाएको छ । ७ सय ५० मेगावट क्षमताको सो आयोजनामा प्राधिकरणले वर्षायाममा प्रतियुनिट ६ देखि ८ रुपैयाँ र हिउँदमा प्रति युनिट १० देखि १२ रुपैयाँसम्म हुनुपर्ने प्रस्ताव गरेको छ । वर्षायाममा उत्पादित विद्युतको कम्तिमा ३५ प्रतिशत हिउदमा उत्पापदन अनिवार्य हुनुपर्ने शर्त समेत प्राधिकरणले राखेपछि थ्री गर्जेज हच्किएको लगानीबोर्ड श्रोतले जनाएको छ ।  

यद्यपी आयोजना निर्माणबारे लगानी बोर्डले पठाएको पत्रको जवाफमा भने थ्री गर्जेजले आफ्ना उच्च अधिकारी नेपाल भ्रमणमा आउने तयारीमा रहेको बताएका छन् । विद्युत प्राधिकरणसँग पीपीए टुङ्गो लगाएपछि मात्रै थ्री गर्जेजले आयोजना विकास सम्झौता अघि बढाउने बताइएको छ ।  सुदुरपश्चिमबासीको आर्थिक भविश्यसँग समेत जोडिएको र २० बर्षदेखि चर्चामा रहेको सो आयोजनामा गतवर्ष कार्तिक ३० गते विद्युत प्राधिकरण र गर्जेजबीच लगानी सम्झौता भएको थियो । करिव ६० अर्ब लागत अनुमान गरिएको आयोजनामा २५ प्रतिशत लगानी विद्युत प्राधिकरण र ७५ प्रतिशत लगानी  थ्री गर्जेजले गर्ने प्रारम्भिक सहमति भएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

बडा दसैँको मुख्य दिन आजदेखि सुरु ; आज घरघरमा फूलपाती भित्र्याइँदै

रेडियो सुदूर आवाज असोज ३०, २०७५  - काठमाडौं बडा दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन

SITENAME

विश्वकर्मा पूजा आज

रेडियो सुदूर आवाज  असोज १, २०७५ सोमवार, डडेल्धुरा –  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं- मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन