दिल्लीबाट १६ नेपाली महिलाको ‘उद्धार’

SITENAME

रेडियो सुदूर आवाज
बुधबार साउन ९, २०७५

दिल्ली - महिला आयोगको टोलीले मंगलबार मध्यरातमा १६ नेपाली महिलाको ‘उद्धार’ गरेको  जनाएको छ। मानव तस्करले  कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठाबाट ‘उद्धार’ गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्वीटरमार्फत् जानकारी दिएकी छन्।
आयोगमा आएको सूचनाका आधारमा दिल्ली प्रहरीलाई लिएर राति साढे १ बजे उनीहरू बसेको घरमा छापा मारिएको थियो। वैदेशिक रोजगारीको आश देखाएर दलालले ती महिलालाई बेचबिखन गर्न लागेको आयोगको दाबी छ।
‘उद्धार’ गरिएका सबै महिलाका पासपोर्ट दलालले नै राखेको बताइएको छ।
आयोग अध्यक्ष मालिवालले ८ महिनादेखि सो क्षेत्रमा महिलाहरूलाई राखिएको उल्लेख गर्दै सो घर प्रहरी स्टेशनबाट पाँच सय मिटरमात्र पर भए पनि प्रहरीले अहिलेसम्म कुनै चासो नराखेकोमा असन्तुष्टि जनाएकी छन्।
उद्दार गरिएका महिलाले आफ्ना ८/१० जना साथीहरूलाई इराक र कुवेत पठाइसकिएको जानकारी दिएका छन्। तर उनीहरूले आफूखुसी यहाँ आएका वा झुक्काएर ल्याइएको बारे बोलेका छैनन्।
दिल्ली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
दिल्ली हुँदै खाडी र मध्यपूर्वमा नेपाली महिलाहरू काम गर्न जाने गर्छन्। तीमध्ये कतिपयलाई दलालले नक्कली पासपोर्ट र अर्कैको भिसामा पठाउने गरेका छन्।
यी महिलाहरूसँग पार्सपोर्ट र भिसाका बारे केही खुलाइएको छैन।
यसैबीच दिल्लीस्थित नेपाली राजदूतावासले पनि उद्धारका बारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। परराष्ट्र प्रवक्ता भरत पौडेलले दूतावासले जानकारी लिइरहेको र थप विवरण आउन बाँकी रहेको बताए।

प्रतिकृया दिनुहोस
SITENAME

सामाजिक सुरक्षा योजना घोषणा हुँदै, उत्सवका रुपमा मनाउन सरकारको आग्रह

रेडियो सुदूर आवाज मंसिर ११, २०७५ मंगलबार  काठमाडौं -सरकारले विशेष कार्यक्रमका साथ मंगलबार सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको

SITENAME

आज काग तिहार, यमपञ्चक सुरु

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो

SITENAME

आज उपराष्ट्रपति पुनको चियापान कार्यक्रम

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना