राष्ट्रियसभा बैठक स्थगित

SITENAME

रेडियो सुदूर आवाज
बुधबार साउन ९, २०७५

काठमाडौँ — राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । 


नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पुर्‍याउन माग गरे ।

उनले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे ।

अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरुले सदन अवरुद्ध गरेका हुन् भन्दै कारण खुलाउन माग गरे ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका थिए । उनले प्रतिपक्षी दलका सांसदहरुलाई बैठक सञ्चालन गर्नका लागि बसिदिन पटकपटक आग्रह गरे । तर प्रतिपक्षको अवरोधका कारण बैठक चल्न नसके पनि राष्ट्रियसभाका विषयत समितिमा सदस्यहरुको मनोनयन गर्ने विषयलाई कार्यसूचीबाट हटाइएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गते बुधबार ११ बजे बस्ने तय भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

ऐतिहासिक (मौलिकता) झल्किने र आधुनिकता टल्किने धरहरा बन्छ ; प्रधानमन्त्री ओली

रेडियो सुदूर आवाज पुस १२, २०७५ बिहिबार  काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक

SITENAME

कालिकोटमा आगलागीबाट ८७ घर जले

रेडियो सुदूर आवाज  पुस ९, २०७५ सोमबार   कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  ।

SITENAME

अपडेट ; नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गयो

रेडियो सुदूर आवाज मंसिर २८, २०७५ शुक्रबार  नुवाकोट – नुवाकोटको दुर्गम क्षेत्र घ्याङफेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान