रुकुमपूर्वमा जिप दुर्घटना ; ४ को मृत्यु १० जना घाइते 

SITENAME

रेडियो सुदूर आवाज

बुधबार साउन २,२०७५ रुकुमपूर्व — सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो ।


मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा १० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले उद्धार कार्य चलिरहेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

वर्षाको समयमा बाटो चिप्लो भएका कारण जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।-कान्तिपुर
 

प्रतिकृया दिनुहोस
SITENAME

सामाजिक सुरक्षा योजना घोषणा हुँदै, उत्सवका रुपमा मनाउन सरकारको आग्रह

रेडियो सुदूर आवाज मंसिर ११, २०७५ मंगलबार  काठमाडौं -सरकारले विशेष कार्यक्रमका साथ मंगलबार सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको

SITENAME

आज काग तिहार, यमपञ्चक सुरु

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो

SITENAME

आज उपराष्ट्रपति पुनको चियापान कार्यक्रम

रेडियो सुदूर आवाज कार्तिक १९, २०७५  काठमाडौं –  उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना