चिकित्सक संघले बिहीबार देशभर आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने

SITENAME

रेडियो सुदूर आवाज

बुधबार साउन २,२०७५ काठमाडौं – नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघले देशभरका स्वास्थ्यउ संस्था ठप्प पार्ने घोषणा गरेको हो । संघले सरकारी वार्ता टोलीले डाक्टर केसीसँग वार्ता गर्न भन्दा पनि डाक्टर केसीलाई काठमाडौं ल्याउने प्रयास भएको आशंका व्यक्त गरेको छ ।


चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने संघले चेतावी दिएको छ ।

१५ औं अनशनको रुपमा डाक्टर केसी १९ दिनदेखि जुम्लामा अनसनरत हुनुहुन्छ । सरकारले डाक्टर केसीसँग वार्ता गर्नका लागि वार्ता टोली बनाएर वार्ता थाले पनि वार्ता निष्कर्षमा पुगेको छैन् ।-उज्यालो

प्रतिकृया दिनुहोस
SITENAME

बडा दसैँको मुख्य दिन आजदेखि सुरु ; आज घरघरमा फूलपाती भित्र्याइँदै

रेडियो सुदूर आवाज असोज ३०, २०७५  - काठमाडौं बडा दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन

SITENAME

विश्वकर्मा पूजा आज

रेडियो सुदूर आवाज  असोज १, २०७५ सोमवार, डडेल्धुरा –  आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्

SITENAME

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

रेडियो सुदूर आवाज शुक्रबार भदौ १, २०७५  काठमाडौं- मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन