राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरे

SITENAME

रेडियो सुदूर आवाज

बुधबार साउन २,२०७५ काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए ।


लड्र्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजका लागि आयोजना भएको बिदाई कार्यक्रममा बोल्दै शक्तिले नेपालले खेल्ने पहिलो एकदिवसीय सिरीज करियरको अन्तिम श्रृखंला हुने बताए ।


१७ वर्षे क्रिकेट करियरमा शक्ति एउटा सशक्त खेलाडीका रुपमा रहदै आएका थिए । शक्तिको बिदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ । सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटालीविरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।


सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एसिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।


नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप खेल्दा र एकदिवसीय मान्यता पाउँदासम्मका सारथी शक्तिले राष्ट्रिय टिमका लागि सबै प्रेरणादायी प्रदर्शन गर्दै आएका थिए । 
कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका शक्तिको क्रिकेट करियरमा कहिले पनि ओरालो लागेन ।


बढ्दो उमेर र फिटनेसका कारण शक्तिले क्रिकेट करियरलाई बाईबाई भनेका छन । तर पनि उनी क्रिकेटमा सधैँ रहिरहने प्रण पनि  गरेका छन । त्यसका लागि उनी आफ्नो अन्तिम खेललाई सुखद बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप ; आजका खेलमा दशरथचन्द नागरपालिका र दोगडा केदार गाउपालिकाको जित

रेडियो सुदूर आवाज     पुष्कर भण्डारी कात्तिक ९, २०७५ शुक्रबार, बैतडी - बैतडीको देहिमाण्डौमा जारी प्रथम निङ्गलाशैनी प्रिमियएर टि २० क्रिकेट कप

SITENAME

प्रथम निङ्गलाशैनी टि २० क्रिकेट प्रतियोगिता शुरु, पहिलो खेलमा दोगडा केदार लाई पराजित गर्दै सिगासको जित दर्ता

रेडियो सुदूर आवाज    पुष्कर भण्डारी कात्तिक ८, २०७५ बिहीबार बैतडी – प्रथम निङ्गलाशैनी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता एनपिएल २०७५

SITENAME

दोस्रो स्ववियु भलिबल कपमा आयोजक ए को जित 

रेडियो सुदूर आवाज आईतबार असोज २८, २०७५ डडेल्धुरा- दोस्रो स्ववियु भलिबल प्रतियोगिताको उपाधी आयोजक स्वतन्त्र बिद्यार्थी युनियको ए टिमले जितेको छ ।