राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला ट्रम्पले रुसको बचाउ गरे

SITENAME

रेडियो सुदूर आवाज

मंगलबार १ साउन २०७५  –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको बताएका छन् । अमेरिकी जाँच ब्युरोे एफबीआईले रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला राष्ट्रपति ट्रम्पले रुसको बचाउ गरेका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले भने अनुसार रुसले अमेरिकी चुनावमा हस्तक्षेप नगरेको दावी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प र पुटिनबीच फिनल्याण्डको राजधानी हेलसिन्कीमा झण्डै २ घण्टा शिखर वार्ता भएको थियो ।

यसैैबिच जासुसी गरेको आरोपमा अमेरिकामा एकजना रुसी महिला पक्राउ परेकी छिन् । रुसी सरकारको एजेण्टका रुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको भन्दै उनलाई पक्राउ गरिएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । उनी रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरिरहेको अमेरिकाको दावी छ ।

ट्रम्प र पुटिनबीचको शिखर वार्ताको केही समयपछि नै मारिया पक्राउ परेकी हुन् । मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको खबरमा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस
SITENAME

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकोप घोषणा

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले

SITENAME

लाओसमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी लाओस- लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर

SITENAME

सिंगापुरमा ट्रम्प र किमबीच ‘वन अन वन’ वार्ता सकियो

रेडियो सुदुर आवाज   मंगलबार जेठ २९, २०७५ सिंगापुर –अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरीयाली नेता किम जोङ उनबीचको ‘वन अन वन’ वार्ता