डडेल्धुरामा रहोको एक मात्रै कभर्ड हल भत्कियो

SITENAME


रेडियो सुदूर आवाज
आईतबार अषाढ ३१, २०७५

डडेल्धुरा- जिल्लामा एक मात्रै रहेको सानो कर्भड हल भत्केको छ । सदरमुकाम खलंगा स्थित टुडिखेल संगै रहेको जिल्ला खेलकुद विकास समितीको सानो कभर्ड हल भत्केको हो । खेलकुद मैदान नभएको डडेल्धुरामा २०४० सालमा मिनि टेबुल टेनिस खेल प्रतियोगिताका लागी निर्मित हलको एका तर्फको दिवार पुर्ण रुपमा भत्केको छ । जस्ताको छानो भएको कभर्ड हलको एका तर्फको दिवार पुरै भत्कदा अरु दिवार पनि भत्काउनु पर्ने स्थिती सिजर्ना भएको छ । 


जिर्ण अवस्थामा रहेको कभर्ड हल तथा खेलकुद विकास समितीको कार्यालय भवन निर्माणका लागी बारम्बार राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय, स्थानिय सरकार संग गुहार गर्दा पनि कुनै सुनुवाई नभएको जिल्ला खेलकुद विकास समिती अध्यक्ष राजेन्द्र बहादुर मगरले बताए । स्थानिय सरकार अमरगढी नगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आई सके पछि नगरप्रमुख, उप प्रमुख लगायत पदाधिकारी लाई जिर्ण अवस्थामा रहेको कभर्ड हलमै बोलाई स्वागत गरी बधाई दिदै कार्यालय र कभर्ड हल मर्मत तथा पुर्ननिर्माणका लागी घचघचाएको भए पनि निर्वाचित जनप्रतिनिधीको एक बर्ष बित्दा समेत कुदै सुनुवाई नभएको अध्यक्ष मगरको भनाई छ । हल जिर्ण भईसकेकाले मर्मत अथवा बहुउद्देशिय हलका रुपमा पुर्ननिर्माणका लागी जिल्ला समन्वय समिती संयोजक लाई पनि हल मै बोलाई स्वागत तथा बधाई दिदै गुहार गरेका थियौ, उनले भने, कुनै सरकार बाट पनि अहिले सम्म खेलकुद विकास समिती डडेल्धुराको सुनुवाई हुन सकेन । 


आर्थिक बर्ष २०७४/०७५ मा अमरगढी नगरपालिकाले मेयरकप भलिबल प्रतियोगिताका लागी दुई लाख ७५ हजारको रकम विनियोजन गरी प्रतियोगिता सञ्चालन गर्नु बाहेक अन्य कुनै शिर्षकमा खेलकुदका लागी रकम विनियोजन नगरिएको कार्यलय अध्यक्ष मगरको भनाई छ । अमरगढी नगरपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रममा प्राधिकरण मार्फत बनाईने उल्लेख गरेको छ, उनले भने, खै त्यो प्राधिकरण बारे हामि लाई जानकारी छैन । यदी हुन्छ भने पनि निकै समय लाग्ने देखिन्छ । आर्थिक बर्ष २०७५/०७६ का लागी दुई वटा शिर्षकमा नौ लाख रकम उल्लेख भएको जानकारीमा आएको बताउदै उनले भने, एक खेल अथावा कुनै पनि क्रियाकलापका लागी साढे चार लाखले के होला र ?


डिपिआर भई सकेको रंगशाला र क्रिकेट मैदान निर्माणका लागी प्रदेश बाट  ३० लाख र केन्द्र सरकाले १० लाख गरी ४० लाख आगामी आर्थिक बर्षको बजेटमा उल्लेख गरिएको अध्यक्ष मगरले बताए । 


 

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो स्ववियु भलिबल कपमा आयोजक ए को जित 

रेडियो सुदूर आवाज आईतबार असोज २८, २०७५ डडेल्धुरा- दोस्रो स्ववियु भलिबल प्रतियोगिताको उपाधी आयोजक स्वतन्त्र बिद्यार्थी युनियको ए टिमले जितेको छ ।

SITENAME

एथ्लेटिक्समा डडेल्धुराकी सरस्वतीको उत्कृष्ट प्रदर्शन, २० प्रतिश्पर्धीमा १३ औं हुन सफल

सोमबार  भदौ ११, २०७५ जकार्ता - एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले यो सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको

SITENAME

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक

रेडियो सुदूर आवाज बुधबार साउन ९, २०७५ एजेन्सी जुरिच – फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको