बालकल्याण माविको ५९ औँ बार्सिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

SITENAME

बुधवार, जेठ ३०, धनबहादुर भण्डारी


डडेल्धुरा - अजयमेरु गाउपालिकाको एक मात्रै कृषि प्राबिधिक पढाई हुने बालकल्याण माविको ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाईएको छ । अजयमेरु गाउपालिका १ समैजीमा रहेको बालकल्याण माविले बिद्यार्थीहरुलाई बिविध अतिरिक्त क्रियाकलाप संगै बुधबार बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । एक साता यता अन्तरसदनात्मक बिद्यार्थीहरुमा खेलकुद, एथ्लेटिक्सका  क्रियाकलाप सञ्चालन गरी समापनमा उत्कृष्ट स्थान ल्याउने सदनका बिद्यार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको छ । 


समापन समारोहमा अहिले सम्म बिद्यालयमा रहेको पुर्व प्रध्यानाध्यापकहरुलाई कदर पत्रका साथ सम्मान समेत गरेको छ । २०१६ सालमा स्थापना भएको बिद्यालयमा अहिले कक्षा ९ देखि कृषि प्राबिधिक बिषय अध्ययन गराउदै आएको बिद्यालय व्यवस्थापन समिती अध्यक्ष धन बहादुर साउदले बताए । 


चालु आर्थिक बर्षमा बिद्यालयको कुल १ करोड ४३ लाख ४२ हजार नौ सय २८ रुपैयाको प्राप्ति तथा भुक्तानी विवरण प्रश्तुत गर्दै बिद्यालयका प्राध्यानाध्यापक सुरेन्द्र भडारीले २०७५ सालमा ४ सय ४६ बिद्यार्थी अध्ययनरथ रहेको जानकारी दिए । जसमध्ये कृषि धार तर्फ कक्षा ९, १० मा अध्ययन बिद्यार्थी संख्या ८७ र ११, १२ मा ६५ रहेको छ । 
समापन समारोहमा बिद्यार्थीहले सरस्वती बन्दा लगायतका विभिन्न सांस्कृतिक प्रश्तुती समेत देखाएका थिए ।  
 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको नँया नेतृत्वका लागी महासचीब ईश्वर सुनार अध्यक्षमा सर्बसम्मत

रेडियो सुदूर आवाज डडेल्धुरा दिपेन्द्र अवस्थी असार ५, २०७५ डडेल्धुरा – राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनमा

SITENAME

सिचाई सुबिधा नहुदा तरकारी उत्पादनमा कमि

सोमबार अषाढ ४, २०७५  रेडियो सुदूर आवाज डडेल्धुरा- तरकारी उत्पादनमा यस बर्ष कमि आएको छ । पर्याप्त सिचाईको सुबिधा नहुनु तथा असिना परे पछि तरकारी

SITENAME

नौ बुदे माग राख्दै निर्माण व्यवसायी संघद्धारा प्रधानमन्त्रि लाई ज्ञापन पत्र 

आईतबार आषाढ ३, २०७५, पुष्कर भण्डारी डडेल्धुरा-  विभिन्न नौ बुदे माग राख्दै निर्माण व्यववसायि संघ डडेल्धुराले प्रधानमन्त्री ओली लाई ज्ञापन पत्र