अमरगढी सदरमुकामको खानेपानिमा दिसामा हुने किटाणु कोलिफर्म देखियो

SITENAME

बुधवार, जेठ ३०, पुष्कर भण्डारी
डडेल्धुरा- अमरगढी सदरमुकाममा वितरण हुदै आएको खानेपानिमा दिसामा हुने प्राण घातक किटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानि उपभोक्ता तथा सरसफाई समिती बाट सदरमुकाम क्षेत्रमा वितरण हुदै आएको खानेपानिमा कोलिफर्म भेटिएको हो । खानका लागी धारा बाट घरमा भरेर राखेको पानि फिल्टर गर्दा कोलिफर्म भेटिएको जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।  


खलंगा खानेपानिको मुहान खुल्ला रुपमा खोला नै भएकाले मानिस लगायत घर पालुवा तथा जंगली जनावरले दिशा पिसाव गर्नुका साथै रुकाका पात, झारहरु खस्ने र सुकेर कुहिए पछि त्यस बाट पनि कोलिफर्म किटाणु उत्पादन हुने डिभिजन प्रमुख राजकुमार शाक्यले बताए । पहाडी जिल्लामा तातो र रातो रगत हुने प्राणीहरुको दिशा बाट निस्कने किटाणु कोलिफर्म हो, उनले भने, यसले झाडापखाला, आय, हैजा जस्ता महामारी फैलाउछ । 


कार्यालय संग भएको पानि पिल्टर गर्ने मेसिन डेल एक्वाकिटमा एक सय मिलिटिटर पानि राखी जाँच गरि फिल्टर गर्दा कोलिफर्मको झुण्ड देखिएको हो । शुन्य कोलिफर्म हुनु पर्नेमा कोलिफर्मको मात्रा देखिएकाले स्वच्छ पानि पिउने, खाने गर्नु पर्ने शाक्यको भनाई छ । । अमरगढी नगरपालिका सदरमुकाम क्षेत्रमा व्यवस्थित रुपमा खानेपानिका पाईन लाईन विस्तार नभएका कारण पनि घरमा खान राखिएको पानिमा कोलिफर्म देखिएको हुन सक्ने शाक्यले बताए । बजार क्षेत्रमा ढल निकास छैन, उनले भने, खानेपानिका पाईप लाईन फोहोर नाली र सडक छेउमा छन । कतिपय ठाँउमा पाईप फुटेका प्वाल परेका छन । पाईपमा पानि नआउने समयका नालीको फोहोर पाईप भित्र पस्ने भएकाले पनि यस्तो समसया देखिएको हुन सक्छ । 


नेपाल सरकारले २०३० सम्म प्रत्येक जनतालाई स्वच्छ पानि पु¥याउन लक्ष्य राखेको छ, उनले थपे उनले पहिले सफा पानि भन्ने गथ्र्यौ अब स्वच्छ पानि भन्नले जुन पानि उपभोग गर्दा स्वास्थ्यमा असर पार्ने कुनै पनि जिवाणु किटाणु कोलिफर्म हुनु हुदैन  । 


अमरगढीमा सुरु भएको साना शहरी खानेपानि याृेजनाले कोलिफर्मको ट्रिटका लागी स्लोस्यान एवं रफिल पिल्टर जसले ९९ सय प्रतिशत कालिफर्म हटाउने उनले बताए । 


 

प्रतिकृया दिनुहोस
SITENAME

परशुराम नगरपालिका नगरप्रमुखले गरे दर्जनौं बिद्यालयमा अक्षयकोष स्थापना

रेडियो सुदूरआवाज शुक्रबार पुस २७, २०७५ डडेल्धुरा- भित्रिमधेशको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं बिद्यालयमा लाखौंको

SITENAME

गन्यापधुरा २ का जेष्ठ नागरिक र अपांगता भएका लाई सहयोगी सामाग्री 

कञ्चन थापामगर सोमबार पुस २३, २०७५ डडेल्धुरा- गन्यापधुरा गाउपालिकाको २ नं. वडा कार्यालयले जेष्ठ नागरिक र अपांगता भएकाहरु लाई सहयोगी समाग्री वितरण

SITENAME

नरहरीमा परशुराम धाम धार्मिक महामहोत्सव हुने

पुष्कर भण्डारी सोमबार पुस २३, २०७५ डडेल्धुरा- भित्री मधेसको जोगबुढा क्षेत्रको पबित्र धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सवको आयोजना गरिने